दयाहाङ र प्रकृतिको ‘बिहे पास’ मा खेल्ने होइन त ?
काठमाडौं,१० फागुन।
चैत्र पहिलो साताबाट छायांकन सुरु हुने तयारीमा रहेको ‘बिहे पास’ फिल्मले अडिसनमार्फत कलाकार चयन गर्ने भएको छ।प्रवेश पौडेलको निर्देशनमा बन्ने फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् ।बाँकी कलाकारका लागि निर्माण ब्यानर आरआर फिल्मस् प्रोडक्सनले ‘कास्टिङ कल’ गरेको हो।
निर्देशक पौडेलका अनुसार फिल्मका लागि २० देखि ६५ बर्षसम्मका २२ जना पुरुष र २०,२६,४०,५० र ६७ बर्षका ५ जना नारी कलाकारको आबश्यकता रहेको छ।स्क्रिप्टको मागअनुसार ‘कास्टिङ कल’ गरिएकाले नयाँ मात्र नभइ अनुभवी कलाकारले पनि अडिसनमा भाग लिन पाउने प्राबधान राखिएको निर्माण संस्थाले जनाएकोे छ।अडिसन फागुन ११ र १२ गते नेपाल फिल्म कास्टिङ कम्पनी,ग्वार्काे,ललीतपुरमा हुनेछ।अडिसनबारे केही बुझ्नु परेमा ९८६९८६२१२७ र इमेल–[email protected] मा सम्पर्क गर्न सकिनेछ।
रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा छन्।तराई भेगमा खिचिने फिल्मको कथा आकाश बराल,सजन काफ्ले र मुरे केरले लेखेका हुन्।सामाजीक बिषयमा निर्माण गर्न लागीएको फिल्म भरपुर मनोरञ्जनात्मक हुने निर्माण पक्षले बताउदै आएको छ।
टेक्ससका उदियमान र्याप कलाकारको जर्जियाको राजमार्गमा गोलीवारीमा मृत्यु
डिसीका १३ बर्षिय किशोरलाई जबर्जस्ती अर्काको गाडी लुट्ने पाइएकोमा पक्राउ
महिला हिंसा,समस्या र चुनौतीको मात्र कुरा हैन,समाधानको बाटोहरु खोजौ
बाइडेनको १.९ खर्ब डलरको कोरोना राहत सिनेटद्वारा पारित
रक्तदानलाई एनआरएन अभियानसँग जोड्ने मेरो सपना छ : प्रेम श्रेष्ठ
प्रतिक्रिया