गैर आवासीय नेपाली संघ,अमेरिकाको प्रेस नोट
गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद्,अमेरिकाले आफ्नो कार्यकाल पुरा गरी नेपाल फर्कन लाग्नुभएका अमेरिकाका लागि नेपालका महामहिम राजदूत डा. अर्जुन कुमार कार्कीको विदाईमा एक कार्यक्रम आयोजना गरेको छ।संघले पाच बर्ष भन्दा बढी अमेरिका बसाईको क्रममा एनआरएनए संग गर्नु भएको सहकार्य र सहयोगको उच्च प्रसंसा गर्दै राजदुत डा. कार्कीलाई सम्मान पत्र समेत प्रदान गरेको छ।
संघले भच्र्युअल रुपमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुदैं राजदूत कार्की ले एनआरएनए नै नेपाल सरकारबाट मान्यता प्राप्त नेपालीहरुको आधिकारिक संस्था भएकाले एनआरएनएसंग सहकार्य गरेको जानकारी गराउनुभयो।उहाले एनआरएनए अमेरिकाले अमेरिकामा रहेका नेपालीहरुमा गरेको सेवा तथा नेपालमा पुऱ्याएको योगदानको उच्च मुल्यांकन गरेको जानकारी गराउनु भएको थियो ।
संघका अध्यक्ष सुनील साहको अध्यक्षता र महासचिव पशुपती पाण्डेको संचालनमा भएको कार्यक्रममा महामहिम महाबाणिज्य दूतहरु प्रेमराजा महत,ऋषि ढकाल र एसी शेर्पा,प्रमुख संरक्षक डा. केशब पौडेल,संरक्षक डा रुद्र अर्याल लगायत केन्द्रिय समितिका पदाधिकरीहरू र सल्लाहकारहरू को सहभागिता रहेको थियो।सो अवसरमा सहभागिहरुले नेपाली समुदायमा राजदुतको रुपमा डा. कार्कीले पुर्याउनु भएको योगदानको प्रसंसा गर्दै उहाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नु भएको थियो।
सचिवालय
गैर आवासीय नेपाली संघ, अमेरिका
न्युयोर्क सिटी काउंसिल डीस्ट्रिक्ट २५, ई चेन को सघाउन नेपाली समुदायको तर्फबाट दिपेन्द्र लामा
अमेरिका-मेक्सिको सीमामा ३ हजार २ सय आप्रवासी बालबालिका हिरासतमा अड्किए
मिजोरीको सेन्ट लुइसमा भएको गोलीकाण्डमा ९ बर्षिय बालकको मृत्यु
पूर्ण खोप लगाएका व्यक्तिहरू मुखावरण बिना र सामाजिक दूरी बिना नै भेटघाट गर्न सकिने : सिडिसी
न्युयोर्कको माछा बजारमा किशोरी मृत अवस्थामा प्लास्टिकको पोकामा बेरिएको फेला
प्रतिक्रिया