हरिहर मन्दिर धापासीमा योग अभ्यास प्रारंभ

इनेप्लिज २०७७ फागुन १० गते ४:०२ मा प्रकाशित


काठमाडौ । हरिहर मन्दिर हरिहर सन्यास आश्रम धापासीमा हरिहर जीबन बिज्ञान योग अभ्यास प्रारंभ भएको छ ।
केही दिन देखि अनौपचारिक रुपमा प्रारंभ भएको योग अभ्यासको हरिहर सन्यास आश्रमका प्रधानसंरक्षक श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले एक समारोहका बीच औपचारिक रुपमा प्रारंभ गर्नुभएको छ ।


देबघाटको शाखाको रुपमा रहेको धापासीको हरिहर मन्दिर सन्यास आश्रमको ग्राउण्ड प्mलोरमा संचालित योग अभ्यासमा स्थानीय नागरिकहरु , समाजसेबी , पत्रकार , कानुन ब्यबसायी ,हरिहर सन्यास आश्रमका पदाधिकारी , सदस्य , भुतपुर्ब सैनिक संघ धापासीका पदाधिकारी , शिब मन्दिर टोल सुधार समितिका सदस्यहरु लयायत त्यस क्षेत्रका अन्य टोल सुधारका पदाधिकारी , सदस्य , जनप्रतिनिधि लगायत स्थानीय ब्याक्तिहरुको सहभागिता रहेको छ ।


जीबन बिज्ञानका प्रशिक्षक नरेश गौतम र अनिता गौतमले प्रशिक्षण प्रदान गर्नुहुने योग केन्द्रलाई ब्यबस्थित रुपमा संचालन गर्न हरिहर मन्दिर हरिहर सन्न्यास आश्रम संचालक समितिका सदस्य बरिष्ठ पत्रकार टंक पन्तको अध्यक्षतामा तीन सदस्यीय संचालन समिति पनि बनाइएको छ ।
हरिहर सन्यास आश्रम संचालक समितिले बनाएको सो समितिमा आश्रमकै ब्यबस्थापक निर्मल चैतन्य ब्रह्मचारी र जीबन बिज्ञानका प्रशिक्षक अनिता गौतम रहनुभएको छ । निर्मल चैतन्य ब्रम्हचारीले हरिहर सन्यास आश्रमको ब्यबस्थापकीय सयोजनको कुशलतापुर्बक भुमिका निर्बाह गदैै आउनुभएको छ भने अनिता गौतम योग प्रशिक्षक एवं परिचित समाजसेबी हुनुहुन्छ । बरिष्ठ पत्रकार पन्त पत्रकारिता क्षेत्रमा प्रतिष्ठित र समाजसेबाका हरेक क्षेत्रमा अग्र भागमा रहने गर्नुभएको छ ।
दियोमा बत्ति बालेर उदघाटन गर्नुभएका श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज देबघाट जस्तो देशकै पबित्र तीर्थस्थल देबघाटधामको पीठाधीश एवं देशभरि रहेका ३२ वटै हरिहर सन्यास आश्रमका पनि पीठाधीश हुनुहुन्छ । उहां लाखौ श्रद्धालु भक्तजनहरुको परमपुज्य हुनुहुन्छ । उद्धघाटनका अबसरमा स्वामी ज्ञानानन्द गुरुले योगले शरिरलाई स्वस्थ र जीबनलाई नै सन्तुष्ठि दिने भएकोले राम्रो खाना र योग सबैका लागि उपयोगी हुने भएकोले यस आश्रममा योग अभ्यास प्रारंभ गरिएको जानकारी गराउनुभयो ।


कार्यक्रममा योग संचालन समितिका अध्यक्ष बरिष्ठ पत्रकार टंक पन्त, जीबन बिज्ञानका योग प्रशिक्षक अनिता गौतमले पनि बोल्नुभएको थियो भने जिबन बिज्ञानका प्रशिक्षक नरेश गौतमको पनि सहभागिता थियो । योग अभ्यास मंसिर देखि फागुन मसान्त सम्म बिहान साढे पांच देखि साढे ६ बजे सम्म दैनिक एक घण्टा हुने छ भने चैत्र १ गते देखि बिहान ५ बजे देखि ६ बजे सम्म हुने योग संचालनका लागि पहल गर्नुहुने अधिबक्ता सुर्य बिमलीले जानकारी गराउनुभएको छ

प्रतिक्रिया