आइतबार, फागुन २३ २०७७
काठमाडौं ०७:४६
वासिङटन डिसी 21:01

न्यूह्यामसायरमा विध्द्याकी देवी सरस्वतीको पूजा एवं बाल प्रतिभा प्रतियोगिता भव्यरूपमा सम्पन्न!

इनेप्लिज २०७७ फागुन ९ गते २३:०० मा प्रकाशित

 

अनेसास न्यूह्यामसायरको आयोजनामा विध्द्याकी देवी सरस्वती माताको पूजा एवं बाल प्रतिभा प्रतियोगिताको कार्यक्रम यही फेब्रूबरी२० तारीख़ २०२१,शनीवार जुमको माध्यमबाट भव्यरूपमा संपन्न भएको छ।

अनेसास केन्द्रिय बरिष्ठ उपाध्यक्ष गोवर्धन पूजाको प्रमुख आतित्थ्यता र वि ओ टी उपाध्यक्ष पदम विश्वकर्मा,गै आ ने संघ अन्तराष्ट्रियभाषा साहित्य संस्कृति संपदा समितीका उपाध्यक्ष एवं प्राविधिक सहयोगी मगेश्वर पन्तको विशेष आतित्थ्यता रहेको सो कार्यक्रममा तारादेवी न्यौपाने बाट मन्त्रोच्चारण एवं पूजापाठ गरिनुका साथै सरस्वती स्तोत्र वॉचन गर्नु भयो र सो कार्यतो लागि उपाध्यक्ष रमा न्यौपानेले सघाउनु भएको थियो।संग संगै सृला कडरिया बाट नेपाली तथा अमेरिकन राष्ट्रीय गान गाइएको थियो।

कार्यक्रममा दर्जनौं बाल बालिकाहरूले गायन,नृत्य,बाध्यबादन,चित्रकला,कविता वॉचन लगायतका विषयहरूमा ऑ-ऑफ्नो प्रतिभा रोचक ढंग बाट प्रस्तुत गरेका थिए।

प्रतियोगिताको जज प्यानलमा संयोजन महेश्वर पन्त,टिममा दिपा राइ पुन,शुशील गौतमहरु बाट अहम भूमिका निभाउनु भएकोथियो। कार्यक्रम अत्यन्त प्रभावकारी रहेको र ऑाफू सधैं न्यूह्यामसायरको कार्यक्रममा ऑउन उत्साहि रहने एवं साहित्य कला र संस्कृतिलाइ वचॉइ राख्न यस्तै कार्यक्रमहरू हुनु पर्नेमा जोड दिनु हुदै प्रमुख अतिथीको मन्तव्यमा बरीष्ट उपाध्यक्ष वताउनु भयो।आफ्नो अगाडि भनाइमा विदेश वस्नु भनेको सुख खोज्नु मात्र नभै नेपाली भाषा साहित्यको सेवा पनि गर्नु हो र अनेसासले यसको अहम भूमिका निभाउदैआएको र अनेसास न्यूह्यामसायर त्यसको एक नमूना भएको पनि उहॅाले वताउनु भयो।त्यसैगरी जनजाती मगा संघ न्यूह्यामसायर च्याप्टरअध्यक्ष सुन्दरी गुरूड॰ले ऑफू कार्यक्रम बाट प्रभावित भएको र यस्ता कार्यक्रमले कम्यूनिटीमा महत्व पूर्ण भूमिका खेल्ने भन्दै हाल संचालित नेपाली कक्षाको वारेमा पनि प्रष्ट पार्नु भयो।संगै नेपाली कक्षाका प्रबन्धक विकाश गुरूड॰ले कक्षाको गतिविधि, विकाश र यसको वर्गिकरणको व्याख्या गर्दै अनेसासले गरेको सहयोगको प्रसंसा एवं कक्षाका स्लाइड सो हरू पनि प्रस्तुत गर्नु भयो।

कार्यक्रमाका सभापति तथा च्याप्टर अध्यक्ष हरी माया अधिकारीले प्रमुख अतिथि, विशेष अतिथि,अनेसास परिवार, सहभागि प्रतिभाहरू,निर्णायक मण्डल,संपूर्ण संघ संस्था र व्यक्तिहरूलाइ धन्यबाद दिदै संस्थाको सवै कार्यक्रम सम्पन्न गर्न अहम भूमिका खेल्नु भएकोमा प्रधान संपादकलाइ विषेश धन्यबाद दिनु भएको थीयो।

संस्थाका प्रधान संपादक एवं विओटी अवार्ड कमिटी सदस्य इश्वरी भट्टले यस कार्यक्रमको ऐतिहासिकता माथि प्रकाश पर्दै निर्णायकमण्लबाट छनौट पुरस्कृतहरूलाइ वहाहरूकै ठेगानामा पुरस्कार र प्रमाण पत्र पठाइने वताउनु भयो।त्यसैगरी उहाले संस्थाको सुरूदेखिको कार्यक्रममा लगातार सात वर्ष सम्म नृत्य गर्ने विदिशा गुरूड ॰लाइ संस्थाको निर्णय अनुसार “ अनेसास डान्सिड॰ स्टार अवार्ड” प्रदान गरिएको घोषणा गर्दै अवार्डको नमूना देखाउनु भएको थियो। साथै महासचिव हरी कुमारी गुरूड॰ ले बाल बालीकाहरूको तयारिमा सघाउनु भएको थियो।


प्रतियोगितामा प्रथम, व्दितीय, तृतीय र सान्त्वमा प्राप्त गर्नेहरूको नामावली जज प्यानल संयोजक महेश्वर पन्तले पढेर सुनाउनु भयो।चारवटा विषयहरूमा प्रतियोगिहरूले भाग लिएका थिए भने डान्समा- दिक्षिता/जुनिपर गुरूड॰ प्रथम, आन्या वैध्य व्दितीय,स्रेया खनाल, समर/ विदिशा गुरूड॰ चृतीय, बाध्यवादनमा रितेश आचार्य प्रथम,देव शर्मा व्दितीय,सुहानी कार्की तृतीय,त्यस्तै प्रवचनमा इश्वरी गुरूड॰ प्रथम, रिदम खनाल व्दितीय र प्रज्ञा श्रेष्ठ तृतीय हुनु भएको थियो भने कवितामा दिया प्रेमी प्रथम हुनु भएको थीयो।

कार्यक्रममा बाल बालीकाहरू भूमीका राइ,सुनैना राइ,कृपा नेपाल,ज्योती प्रेमी,स्पर्दा गुरूड॰,आदित्य खनाल,सुभाना राइ र अलीसा थापाले भाग लिनु भएको थियो।सोही कार्यक्रममा अन्सु श्रेष्ठ वैध्य लाइ अनेसास न्यूह्यामसायरको आजीवन सदस्यता प्रदान गरीएको थीयो।

भव्य रूपमा संपन्न उक्त कार्यक्रमको संचालन प्रधान संपादक इश्वरी भट्टले गर्नु भएको थियो भने पूर्व च्याप्टर अध्यक्ष एवं अनेसासकेन्द्रका कोषाध्यक्ष कृष्ण कुमार गिरीले उपस्थित सवैमा धन्यबाद व्यक्त गर्नु हुदै अनेसास न्यूहायामसायरको कामको मुक्त कन्ठले प्रसंसा गर्नु भएको थीयो।कार्यक्रमका सभापति हरी माया अधिकारीले कार्यक्रम समापन गर्नु भए पछि उपस्थित महानुभावहरू बाट कार्यक्रमको समिक्षा गरीएको थियो।कार्यक्रममा अनेसासका केन्द्रिय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, गै आ ने संघ अमेकीकाका वोर्ड सदस्यएवं तमु समाज न्यूह्यामसायर का अध्यक्ष क्षत्र गुरूड॰,नेपाली समाजका अध्यक्ष सोम गुरूड॰,लायन्सका अध्यक्ष एवं संरक्षक उमेश कोइराला,गै आ ने संघ न्यूह्यामसायर च्याप्टरका अध्यक्ष डम्बर कडरिया,यू के रा ओ का अध्यक्ष एवं वि ओ टी मुक्ति नारायण राइ,जनजाती महासंघ न्यूह्यामसायरका अध्यक्ष सुन्दरी गुरूड॰,तमु समाज न्यूह्यामसायरका उपाध्यक्ष हितमान गुरूड॰,भूटानी नेपाली समाजका संस्थापक टिका आचार्य, नेपाली समाजका उपाध्यक्ष राम भण्डारी ,नेपाली समाजका पूर्व अध्यक्ष मिन गौतम,गै आ ने संघअमेरीकाका पूर्व अध्यक्ष एवं सल्लाहकार शिव कुमार राइ,डा पुष्प मान जोशी,संस्थाका सदस्य घनश्याम शर्मा,भेष राज शर्मा,नविन खनाल र अनेसासका आजीवन सदस्यहरू लगायतका समाजसेवीहरूको उपस्थिती रहेको थियो भने उक्त कार्यक्रममा ६० परिवार र झण्डै १८० को संख्यामा उपस्थित रहेको महासचिवले जानाकारी गराउनु भयो त्यसैगरी इ- नेप्लीजको र व्यक्तिगत समेतको लाइव बाट विश्वभरबाट सैयौ दर्शकहरूले प्रत्यक्ष हेर्नु भएको थियो।सरस्वती मातालाइ दान समेतगरी दाताहरूबाट $१४२२ कार्यक्रमलाइ सहयोगराशी पनि संकलन भएको कोषाध्यक्ष दिन वन्धु प्रेमीले जानाकारी गराउनु भएको थीयो। धन्यबाद!

समाचार संपादन

इश्वरी भट्ट- प्रधान संपादक

 

प्रतिक्रिया