अन्तत लामो समय पछी भेट भयो पारस र हिमानीको,एक हप्ता सँगै बस्दै,ज्ञानेन्द्रको मुहारमा खुशीयाली (भिडियो सहित)

इनेप्लिज २०७७ फागुन ८ गते २०:०१ मा प्रकाशित

पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहबीच लामो समयपछि भेट भएको छ।लामो समयदेखि टाढा रहेका यि दम्पत्ती बिच झापाको होटल मेची क्राउनमा पूर्व युवराज दम्पत्ती बीच भेट भएको हो।आमा कोमल शाहको ७१ औं जन्मोत्सवको अवसरमा आमालाई शुभकामना दिन पुगेका पारसले सोही अवसरमा पत्नि हिमानीलाई भेट्ने अवसर पाएका हुन्।जन्मोत्सवका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारले झापाको धुलाबारीस्थित मेची क्राउन होटेल एक साताका लागि बुक गरेको थियो।

यसअघि पारस बाहेक राजपरिवारका सदस्य जन्मोत्सवमा सहभागी हुने बताइए पनि पोखरामा रमाउँदै गरेकाउनी एका एक मेची क्राउनमा पुगेपछि परिवार सँग लामो समय पछि यसरी भेटघाटको अवसर जुरेको बताइएको छ।पारस उक्त कार्यक्रममा पुगे पछि हिमानी सँग केही कुराकानी समेत भएको थियो।हिमानी र पारससहितको सपरिवारको तस्वीर अहिले सामाजिक सञ्जामा भाइरल बनेको छ।गत बुधबार देखि नै पूर्वराजपरिवारका सदस्यहरु उक्त होटेलमै रहेको जनाइएको छ।

भिडियो

प्रतिक्रिया