प्रदिप अधिकारीको लय र रमेश बि.जि को शब्दमा सिद्धार्थ र सन्जयको “पिरति छ धेरै” सार्बजनिक

इनेप्लिज २०७७ फागुन ८ गते १८:४८ मा प्रकाशित

काठमाण्डौ फाल्गुन ०८।जिबनमा कसैलाई मन पराईन्छ भने उ प्रति कहिले काहि घुर्किपन पनि आउन सक्दछ, किन कि जस्लाई मन देखि माया गरिन्छ,त्यो माया प्रगाड बनाउनको लागि यस्ता किसिमका ब्यवहार पनि आवस्यक हुने गर्दछ।यस्तै भावमा भर्खरै मात्र प्रदिप अधिकारिको लयमा सिद्धार्थ आले मगर, सन्जय पुलामि प्रस्तुति “पिरति छ धेरै” बोलको गीत सार्बजनिक भएको छ।

धादिंग जिल्लामा जन्मिएर हाल काठ्माण्डौ आफ्नो सांगितिक कर्मथलो बनाईरहेका प्रदिपले यस अघि पनि थुप्रै गितहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । उनि पहिलेका आफ्ना प्रस्तुतिलाई झै यस प्रस्तुतिलाई पनि आफ्ना श्रोता तथा दर्शकको तर्फबाट साथ प्राप्त हुने कुरामा बिस्वस्थ रहेका छन्।

“पिरति छ धेरै” बोलको गितमा सिद्धार्थ आले मगर, सन्जय पुलामि र मेनुका परियारको सुमधुर स्वर सुन्न सकिन्छ।प्रदिप अधिकारिको लय र रमेश बि.जि को शब्द द्वारा सजिएको यस गितको म्युजिक भिडियोलाई दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका छन्।नेपालि गीत संगितको म्युजिक भिडियो निर्देशनको पाटोमा निर्देशक दिपेन्द्र सफल मानिन्छन्।

यस गितको म्युजिक भिडियोमा बिमल अधिकारी,जिबेश सिंह गुरुङ्ग,गरिमा शर्मा र बिना बिस्वकर्माको अभिनय देख्न सकिन्छ।भिडियोलाई छायंकन, नवराज उप्रेति लगाएतले गरेका हुन् भने सम्पादन मनोज कार्किको रहेको छ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया