आइतबार, फागुन २३ २०७७
काठमाडौं ०८:१७
वासिङटन डिसी 21:32

मेरिल्याण्डमा ३ जनालाई गोली प्रहार हुँदा २ जनाको निधन ,१ घाइते

इनेप्लिज २०७७ फागुन ८ गते १५:१६ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको प्रिन्स काउन्टीमा भएको गोलीकाण्ड ३ जनालाई गोली प्रहार हुँदा २ जनाको निधन र १ घाइते भएका छन । उक्त घटना शुक्रबार राती भएको प्रिन्स जर्ज काउन्टी प्रहरी विभागले जनाएको छ ।

प्रहरीका अनुसार पूर्व क्यापिटल मार्ग र याच्ट प्लेस नामक मार्गको बीचमा करिव ८:५० मिनेट जाँदा सवारी साधन दुर्घटना भएको खबर पाए पछि प्रहरीहरु त्यहाँ पुगेका थिए ।

प्रहरीहरु त्यहाँ पुगे पछि गाडी भित्र ३ जनालाई गोली लागेको अवस्था फेला पारेका थिए । घटना स्थलमै २ जनाको निधन भएको घोषणा गरिएको थियो भने एक जनालाई अस्पताल भर्ना गरिएको छ ।

प्रहरीका अनुसार उक्त घटना आकस्मिक रुपाम नभएको बिश्वास गरेका छन ।

श्रोत :डब्लुटिओपी

प्रतिक्रिया