नेपाली तारा सिजन २ का विजेता सन्तोष लामाको स्वर र संगीत रहेको ‘शब्द’ बोलको नयाँ गीत सार्वजनिक

इनेप्लिज २०७७ फागुन ८ गते १४:३४ मा प्रकाशित

काठमाडौं । चर्चित गायक तथा नेपाली तारा सिजन २ का विजेता सन्तोष लामाको स्वर र संगीत रहेको ‘शब्द’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

सुन्दर सोच र कल्पनालाई शब्दमा उतार्ने रचनाकारहरुप्रति सर्मपित गरिएको ‘शब्द’ बोलको गीतमा मनिष बशिष्ठको शब्द रहेको छ ।

अहिले सांगितिक क्षेत्रमा चलिरहेको तडकभडक र भाइरलको दौडको तितो सत्यलाई प्रस्तुत गरिएको गीतमा गायक र संगीतकार सन्तोष लामा र सचांरकर्मी सफर पोखरेलको अभिनय रहेको छ ।

गीतकार मनिष बशिष्ठकै परिकल्पनामा र गम्भिर बिष्टको निर्देशन बनेको गीतको भिडियोमा सुन्दर भिएफएक्सको प्रयोग पनि गरिएको छ ।

 

प्रतिक्रिया