न्यूयोर्कमा रहेका चर्चित नेपाली कलाकार शंकर बिसी टेक्सस पुगेर हिउँसंग रमाउँदै (फोटो फिचर)

इनेप्लिज २०७७ फागुन ६ गते २२:४९ मा प्रकाशित

नेपाली कलाकारिता क्षेत्रमा दशकौंको लोकप्रिय छवि बनाएका कलाकार शंकर विसी टेक्ससमा हिउँ खेलिरहेका तस्विरहरु सार्वजनिक भएका छन्।लामो समय देखी न्यूयोर्कमा रहँदै आएका कलाकार बिसी टेक्सस आएर हिउँसंग रमाई रहेका दृश्य पनि आकर्षक र कुनै चलिचित्र या म्यूजिक भिडियोमा कैद दृश्य जस्तै प्रतित हुन्छ ।

नेपालगञ्जमा जन्मिएर राजधानी काठमाडौं लाई लामो समय कर्मथलो बनाएका शंकर बालकदेखी बृद्ध सम्मलाई मन परेका बलाकर्मी हुन्।अमेरिकामा रहेर पनि नेपाली कला र संगीत क्षेत्रमा अत्यन्त महत्वपूर्ण योगदान पुर्याएका विसी यहाँ रहेका नेपाली समुदाय र बिभिन्न क्षेत्र संवद्ध ब्यक्तीहरु माझ उत्तिकै आत्मिय र प्रिय रुपमा भेटिन्छन्।

यतिबेला उनि टेक्ससमा छन्।नेपाली समुदाय रहेका धेरै राज्यमा हिमपातका कारण जवजिवन भौतिक र मानसिक रुपमा त्रासदी बोकिरहेका बेला कलाकार बिसी भने लामो यात्रा तय गरेरै पनि यो समय टेक्सस आएका छन्।कलाकार स्वभावैले लहडी र आम मानिस भन्दा भिन्न हुन्छ भन्ने कुरा उनको यो यात्रा र उत्तिकै उत्साहका साथ नयाँ ठाउँको हिमपातमा पनि रमाईरहेका दृश्य यस अर्थ पनि प्रेरक लाग्दछ कि हामी संन्त्रासलाई खुसीहरुले जित्न सक्छौं।

हजारौंको संख्यामा उनले म्यूजिक भिडियोमा अभिनय गरे,हजारौं गीतहरु कुशलता पूर्वक निर्देशकिय जिम्मेवारीमा रहेर निर्माण गरे,हजारौं गीतमा कोरियोग्राफी संगै चलचित्र निर्देशन र अभिनय गरे ।सानै बाट कलाकारितामा लगाव भएका उनलाई सिमित भूगोलसंग तुलना गर्न मिल्दैन सायद । त्यसैले पनि उनका जीवनका भिन्न भिन्न कालखण्ड भिन्न भिन्न स्थान बाट सफलतापूर्वक अघि बढिरहेको देखिन्छन्।चाहे,नेपालगञ्जको बाल्यकाल होस् या कलेज पढ्न गएका सुर्खेतका दिनहरु,या त कलाकार बन्न भागैर काठमाण्डौ आएको त्यो पल या अमेरिकामा रहँदा भिन्न भिन्न राज्यहरुमा हार्दिकता पूर्वक देखिने उनको उपस्थिती।

यूएस खबरलाई कलाकार बिसीले दिएको जानकारी अनुसार उनि १ महिना पछि नेपाल आउने तयारीमा रहेका छन्।कोभिड १९ ले आकान्त अमेरिका र यस बर्षको सुरु वाटै जन जीवन प्रभावित हुने गरि परिरहेको हिमपातले यहाँ रहेका नेपाली समुदाय पनि असहज अवस्थामा रहेको बताउँदै उनले अमेरिकामा बिभिन्न राज्यमा रहेका नेपालीहरुलाई शुरक्षित रहन र विपतका समय संन्त्रासमा मात्र केन्द्रित हुनु भन्दा सृजनशिल र यो केही समयका लागि मात्र आएको अप्ठ्यारो हो र फेरी हामी सहज बातावरणमा फर्कदैं छौं भन्ने आत्मविश्वासलाई जगाउन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया