अनेसास ओसियाना क्षेत्रका च्याप्टरहरूको भेला सम्पन्न

इनेप्लिज २०७७ फागुन ६ गते २२:२४ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले ओसियाना क्षेत्रका च्याप्टरहरूको अनलाइन भेला हालै सम्पन्न गरेको छ।

महादेशीय रुपमा आफ्नो गतिविधि ब‍ढाउने उदेश्यअनुरुप उक्त क्षेत्रका च्याप्टरहरूको प्रतिनिधि र केन्द्रीय प्रतिनिधि बिच अनलाइन भेला सम्पन्न गरेको हो।

केन्द्रीय उपाध्यक्ष राजेश बुढाथोकीको संयोजनमा सम्पन्न सो भेलामा डा केशव शर्मा (अध्यक्ष- ब्रिस्वेन च्याप्टर),चन्द्र तिवारी (अध्यक्ष -क्यानवेरा च्याप्टर),प्रवीन टण्डन ( एन एस ड्ब्लु च्याप्टर सचिव) , रिजा प्रधान (पर्थ च्याप्टर उपाध्यक्ष) , शेखर घिमिरे (पर्थ च्याप्टर महासचिव) , दीपक सुवेदी ( पर्थ च्याप्टर सचिव), भुवन खड्का ( पर्थ च्याप्टर कार्यसमिति सदस्य),लक्ष्मी सापकोटा ( पर्थ च्याप्टर पूर्व कार्यसमिति सदस्य तथा हाल साउथ अष्ट्रेलियाका सक्रिय साहित्य सेवी) ,भीमसेन सापकोटा ( पूर्व उपाध्यक्ष तथा सद्भावना दूत अनेसास केन्द्रीय कार्यसमिति),साहित्यकार प्रकाश पन्थी लगायतले आ-आफ्नो विचार प्रस्तुत गरेका थिए।
कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला,वरिष्ठ उपाध्यक्ष गोवर्ध्दन पूजा,उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव सर्वज्ञ वाग्ले,सचिव विमला निरौला र कोषाध्यक्ष कृष्णकुमार गिरीले भेलाको उपादेयताबारे प्रकाश पारेका थिए।

कार्यक्रममा केन्द्रीय सदस्यहरू डा. रेणुका सोलु, निजानन्द मल्ल, महेश्वर शर्मा, तारा अधिकारी,लगायतले पनि सहभागिता जनाएका थिए ।
अनेसास बोर्ड अफ ट्रष्टिका अध्यक्ष गीता खत्री, उपाध्यक्षद्वय पुरु सुवेदी र पदम विश्वकर्माको पनि कार्यक्रममा सहभागिता रहेको थियो।

प्रतिक्रिया