आइतबार, फागुन २३ २०७७
काठमाडौं ०७:५८
वासिङटन डिसी 21:13

अस्ट्रेलियन टेनिस प्रतियोगितामा सेरेना ओसाकासंग पराजित भए पछि भाबुक भइन

इनेप्लिज २०७७ फागुन ६ गते १२:०९ मा प्रकाशित

अस्ट्रेलियन खुला लन टेनिस प्रतियोगितामा नाओमि ओसाकासंग सेरेना विलियम पराजित भए पछि भाबुक भइन । यस पटक सेरेना ६-३ र ६-४ ले सिधै पराजित भएकी छिन ।

बिहिबार अत्यन्तै प्रतिस्प्रद्धा रहेको खेलमा सेरेनाको केही चलेन । उनको जीवनको २४ औ ग्रान्ड स्लाम एकल उपाधिबाट उनि बाहिरिएकी छिन । उनि सेमीफाइनलमा हारेकी हुन् ।

उनलाई सन् २०१८ मा पनि अन्तिम खेलमा ओसाकाले हराएकी थिइन् । प्रतियोगिता समाप्त भए पछि ओसाकाले आफूले बच्चामा उहाको खेल हेरेको स्मरण गरेको बताइन । ओसाका २३ बर्षकी हुन् भने सेरेना ३९ बर्ष पुगेकी छिन ।

ओसाकाले खेलमा मैदानमा पुग्नु र उनि संग खेल खेल्नु एक सपना रहेको बताइन । खेल समाप्त पछि सेरेनाले पत्रकारहरुलाई उत्तर दिन मन गरिनन । बोलिनन र म जान्छु भन्दै गईन । भाबुक बनिन उनको वाक्य नै फुटेन ।

श्रोत :इएसपिएन

श्रोत :इएसपिएन

प्रतिक्रिया