काठमाडौं ।‘नेपाली अनलाइन रमाइलो जोक्स प्रतिस्पर्धा २०२१’ को तयारी अन्तिम चरणमा पुगेको छ।जनवरी ८ देखि आवेदन दिन सुरु भएको प्रतिस्पर्धामा फेब्रुअरी २८ सम्म आवेदन दिन सकिनेछ।
प्रतिस्पर्धामा आवेदन दिने समय सकिन लागेसँगै आवेदकको संख्या बढिरहेको आयोजक रिदम स्क्रिनका निर्देशक कमल राईले जानकारी दिए।
निर्देशक राईका अनुसार विश्वभर छरिएर रहेका नेपाली भाषा बोल्न जान्ने व्यक्ति जो चुट्किला सुनाएर अरुको मुहारमा हाँसो ल्याउन सक्छन् भनेर ‘नेपाली अनलाइन रमाइलो जोक्स प्रतिस्पर्धा २०२१’ सिजन १ को सुरुवात गरिएको हो।जसलाई अमेरिकामा बसेर नेपाली साहित्य,संगीत र कलामा क्रियासिल संगीतकर्मीले गरेका हुन्।
प्रतिस्पर्धामा रमाइलो जोक्स कम्पिटिशन ( https://ramailojokescompetition.com ) नामक वेवसाइटमा गएर निशुल्क फारम भर्न सकिनेछ।यस कार्यक्रमको निर्णायकमा कलाकार बुद्दि तामाङ ,हाँस्य कलाकार दिलिप गुरुङ र कलाकार भानु तिवारी छन्।यस कार्यक्रममा पहिलो हुने विजेताले तीन हजार डलर,दोस्रो हुनेले दुई हजार डलर र तेस्रो हुनेले एक हजार डलर नगद सहित ट्रफी र प्रमाणपत्र पुरुस्कार स्वरूप पाउने छन्।
प्रतिक्रिया