मंगलबार, फागुन २५ २०७७
काठमाडौं १३:४२
वासिङटन डिसी 02:57

नेपाली जनसम्पर्क समिति अमेरिकाको – भत्सर्ना विज्ञप्ति

इनेप्लिज २०७७ फागुन ५ गते २:०८ मा प्रकाशित

संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा फाल्गुन ४ गते बैतडी जिल्लाको डिलासैनीमा नेपाली कांग्रेसको शान्तिपुर्ण विरोध कार्यक्रम भइरहेको वेलामा प्रधानमन्त्री के.पी. शर्मा ओली निकट नेकपाबाट नियोजित रूपमा गरिएको सांघातिक आक्रमणको नेपाली जनसम्पर्क समिति अमेरिका घोर निन्दा र भत्सर्ना गर्दछ ।

यो घटनाले संविधानले प्रदत्त गरेको शान्तिपुर्ण नारा जुलुस, विरोध प्रदर्शन गर्न पाउॅने नागरिकको नैसर्गिक अधिकार माथि सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिले ठाडो र निर्मम प्रहार गरेको छ । नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई खोसेर लोकतन्त्रलाई नै मटियामेट पार्न खोज्ने सर्वसत्तावादी सत्तारूढ नेकपाको यस्ता उग्रवादी चरित्र र कदम निन्दनीय भएको हाम्रो ठहर छ । त्यसैले संविधान र कानुनको धज्जी उडाउॅदै, शान्तिपुर्ण भइरहेको कार्यक्रमलाई जताभावी आक्रमण गरी बिथोल्न खोज्ने दोषीलाई अबिलम्ब पक्राउ गरी कार्वाही गर्न नेपाली जनसम्पर्क समिति अमेरिका सरकारसंग जोडदार माग गर्दछ। आक्रमणबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता एन.पी.साउद, युवा नेता शैलेश बिष्ट, नेविसंघका पूर्व केन्द्रीय सदस्य सुमन केसी र नेविसंघका नेता मदन राज उपाध्याय घाइते भएको प्रति हामी चिन्चित भएका छौ।

उहॅाहरु सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।

शान्तिपुर्ण भैरहेको कार्यक्रममा एक्कासि र अराजक ढंगले गरेको सांघातिक आक्रमणलाई निडर र साहसीकासाथ प्रतिपाद गर्नुहुने घाइते नेतागण लगायत नेकाका केन्द्रीय सदस्य डिला संग्रौला, नेका बैतडीका सभापति नरेन्द्रजंग थापा, नेविसंघका पूर्व सभापति नैनसिंह महरका साथै स्थानीय नेता एवं कार्यकर्ता र तरूण साथीहरू प्रति हामी सम्मान प्रकट गर्दछौ । यहॅाहरू जस्तै नेपाली कांग्रेसका लाखौं फ्रिडम फाइटर नेता एवं कार्यकर्ताका कारण नेपालमा सधैं लोकतन्र जीवित रहने कुरामा हामी विश्वस्थ छौं । अन्तमा यस्ता उग्रवादी चरित्र निरंकुश प्रवृत्ति, कार्यशैली र ब्यवहारको सर्वत्र विरोध गर्दै, संविधान र लोकतन्त्रको रक्षार्थ लोकतान्त्रिक शक्ति र विश्वभर छरिएर रहेका आम लोकतन्त्रवादी नेपालीलाई एकजुट हुनका लागि हामी बिनम्र आग्रह गर्दछौं ।

धन्यवाद,जय नेपाल !

मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क अधिवेशन
तयारी समिति अमेरिका

प्रतिक्रिया