आइतबार, फागुन २३ २०७७
काठमाडौं ०७:२९
वासिङटन डिसी 20:44

तेक्वान्डो प्रशिक्षण शुरु– विद्यार्थीहरुलाई खेलकूद सामाग्री प्रदान

मनोज दाहाल २०७७ फागुन ४ गते १२:५८ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर।दुर्गम क्षेत्रका युवायुवतीहरुलाई खेलकुदप्रति आकर्षण एवं अभिरूचि बढाउनका लागि पाँचथरमा आजदेखि तेक्वाण्डोको प्रशिक्षण शुरु गरिएको छ।

तेक्वाण्डोका नयाँ खेलाडीहरू उत्पादन गर्न विद्यालयस्तरदेखि खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले प्रशिक्षण दिन लागिएको आइटीएफका केन्दीय उपाध्यक्ष एवं प्रदेश नं १ का अध्यक्ष प्रवीण कार्कीले बताउनु भयो।

उहाँले युवाहरुलाई यस खेलको व्यवहारिक तथा सैद्धान्तिक ज्ञान बढाउन प्रशिक्षण दिन शुरु गरिएको जानकारी दिनु भयो।तेक्वाण्डोका सेकेण्ड डन नितेस खवासले प्रशिक्षण दिनुहुने छ।

यसैगरी सोही जिल्लाको याङ्वरक गाउँपालिका –३ ओयाममा रहेको गुप्तेश्वर माध्यमिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई तेक्वाण्डोका खेलकुद सामाग्री आज हस्तान्तरण गरिएको छ।

खेलकुद सामाग्री आइटीएपका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष कार्की, प्रदेशका सचिब नवीन तामाङ्ग,पाँचथर खेलकुद विकास समितिका प्रमुख मात्रिका दाहाललगायतको विद्यार्थीहरुलाई प्रदान गर्नु भयो।

 

प्रतिक्रिया