तिगडम

यज्ञप्रसाद पाण्डे २०७७ फागुन ४ गते १२:५१ मा प्रकाशित

महामारीले हजारौं नागरिकको शव चित्तामा जल्दै छ
बाहिर जे पो होस् के मतलब
सिंहदरबारको ठूलो पर्दामा ‘तिगडम’नामको
जासुसी फिल्म धुमधामले चल्दै छ
फिल्मको खलनायक बेस्सरी उपद्रो मच्चाउँदै छ

अरू मच्चाउने मातमा छ
किनकि
फिल्मको कथाकार र निर्देशक खलनायकको साथमा छ
कम्तीमा यो फिल्ममा एउटा राष्ट्रियता साथमा छ
हास्यपात्रको भूमिका र संवाद
स्वदेशी खलनायकको हातमा छ
फिल्मका बाँकी कलाकारहरू खलनायकको ज्यादतीलाई
थप बल दिँदै
पद धारण गर्दा खाएको संविधानको वाचाकसम भुलेर
निष्मट्ट औंसीको रातलाई झलमल्ल पूर्णिमाको उज्यालो भन्दै छन् खुलेर
मध्ये जेठको उखरमाउलो गर्मीमा ढल्दो पुसको ठण्डीमा झै
आफ्नै अन्तरआत्माको सन्देश तोडेर
उखरमाउलो गर्मीको पाहार ताप्दै छन् ती
ओलीवादको बर्को ओढेर
सुन्दै छु ओली प्रखर राष्ट्रवादी राजनेता, राष्ट्रनायक अरे
तीनिहरूले ओली को असली रुप थाहा पाउने छन् भरे
उता सर्वोच्चमा तर्क दिन नसकेर
खलनायकका वकिल सापहरू
ओलीलाई श्री ३ र श्री ५ को जस्तै श्रीपेच थमाउन चाहेर
कुतर्क गर्दै थिए
हामीले तिरेको करबाट मोटो पारिश्रमिक पाएर
फिल्मी चल्दै छ
छिमेकी राष्ट्रको परराष्ट्र मन्त्रीलाई मोदी महाराजले
आफ्नो परराष्ट्र मन्त्रीमार्फत भ्रमणमा बोलाए
ज्ञावली मन्त्री दौरा सुरवालको उन्मादमा मदहोस भई टोलाए
अनि त्यसै त ठूलो तिनको नाकको फोरा
झनै फुलाउने दिन आए
अनि हाम्रा मन्त्रीज्यू दिल्ली रमाना भए
तिनको दुर्भाग्य
ज्ञावली मन्त्रीको दौरासुरवालको सान गयो
मोदी महाराजको दर्शनभेट मिल्दै नमिन्ले भयो
कठै तिम्रो आकांक्षा पूरै हावामा बिलिन भयो
असल छिमेकीका विरुद्द दुई पाखण्डी गोल गर्नुथियोः
संविधान चिथोर्ने र र नेकपा विभाजन फटाफट
दुवै भ्याइसकेका थिए यसअघि नै मोदीले
कप्तान गोयलमार्फत
तै पनि
हाम्रा मन्त्री ज्ञावलीको राजकीय भ्रमण अत्यन्तै सफल भो
शालिन र भद्र मन्त्रीको धुनले
किनकि पहिल्यै नै दिन तय गरिएको
एकभारी खोपको दान त थापेर आए नि उनले ।

निर्मला र भागिरथीको बलात्कारी हत्यारालाई
पक्डन र थुन्न नसक्ने ओली भक्त तुषारो
तर, नामले बादल
चिडियाघरमा मान्छे थुन्न बजाउँदै पो छन्
बेढंगको मादल
दर्शक दीर्घामा बसेर
यो ‘तिगडम’ फिल्म हेर्दै गरेका
हिमाल, पहाड, तराई मधेश वा
मेचीदेखि महाकालीसम्मका
लाखलाख नेपाली युवा सपूतहरू
एउटै लय र एउटै स्वरमा
ओलीलगायत सबै खलनायकहरूको अन्त्यको दिन
औंला–औंलामा गन्दै छन्
अनि भन्दै छन्
ज्यादती अति भो अति भो
तिम्रा ज्यादतीले हाम्रो भविष्यमा हुनसम्म क्षति भो
हामी सबै नेपाली युवा उठ्नै पर्छ जुट्नै पर्छ एक भएर
नेपाल आमाको स्वर्णिम भविष्यमा आफ्नै भविष्य देखेर
सबै खाले खलनायकी पनको अन्त्य गर्न
सत्ता र शक्तिमा मान्छे र दल होइन
पद्धति र प्रवृत्ति फेर्न

-यज्ञप्रसाद पाण्डे

 

 

प्रतिक्रिया