त्यहाँ माया हुन्छ

अर्जुन थापा २०७७ फागुन २ गते २३:२६ मा प्रकाशित

न सर्त हुन्छ

न स्वार्थ हुन्छ

न विगत हुन्छ

न भविष्य हुन्छ

जब आखाले आखा हेर्छ

धड्कन धड्कन बात मर्छन

मनहरु निस्फिक्री साटीन्छन

त्यहाँ केवल पबित्र माया हुन्छ

 

त्यो अदृश्य हो

त्यो महाशक्ति हो

त्यो भरोशा हो

त्यो विश्वास हो

आत्मिय मिलन हो

बेहिसाब घुलन हो

त्यो त अटुट माया हो

जहाँ सन्तुष्टिको बलिदान हुन्छ

त्यहाँ केवल माया हुन्छ

 

उ उ हुन्छ

उ उ हुन्छ

उसलाई दुख्दा

उसका आसु झर्छन

उ हर्षित हुदा

उसमा हासोका मूल फ़ुट्छन

त्यहाँ केवल एक ज्यान हुन्छ

एक प्राण हुन्छ

हो त्यहाँ केवल माया हुन्छ

 

माया गर्नेहरु डरदैनन्

कहिले मर्दैनन

रुप बदलिन्छन

भेष बदलिन्छन

अदृश्य भएर आकाश पाताल

भुमंडल भरि घुमी रहन्छन

मायाका संदेशहरु बोकेर

मायाका सुगन्ध वर्षाउदै

लाली लागेका राता गुलाबहरु लिएर

अनन्त कालसम्म घुमी रहन्छन

सम्झाउदै बुझाउदै मायाका रंगहरु

 

तब त यो धर्ति

यति सुगन्धित छ

बाच्ने, हास्ने ,नाता गास्ने रहरहरु

सधै प्रष्फुट हुन्छन

छाया रुपमा सधै

एक अर्कामा समर्पित भैरहन्छन

कालान्तर सम्म आफ्नै रफ्तारमा बहिरहन्छन

प्रतिक्रिया