गजल:-सन्दर्भ ; प्रणय दिवस

शारदा क्षेत्री २०७७ फागुन २ गते १८:४२ मा प्रकाशित

होस् यस्तो प्रणय दिबस सबेैको आँखामा फुलैफूल बनोस् ।
दिनदुखि सबैलाई समान मायाको खाकामा पुल बनोस।।

केटाकेटी ,श्रीमान श्रीमती को मात्रै होइन यो प्रणय दिबस।
आमाबाबु सानाठूला सबैलाई सादर माया गर्ने रुल बनोस् ।।

एउटा रोज को एकदिन गर्ने माया भोली झर्ने नहोस् ।
जुनि जुनि सम्म अडिक राख्ने सोचबिचार को मुल बनोस।

सबैमा सद्भाव बराबरि दृष्टि राखि गर्नु पर्छ माया हजुर।
फूलको आँखामा फुलै सँसार बनाउने अनकुल बनोस ।।

एकदिन प्रेमको गाथा गायर मात्रै अमर हुन्छ र ??? माया?
हजारौं जुनि सम्म एउटै भाव रहने माया अनमोल बनोस् !!

रचना -: शारदा क्षेत्री
चितवन भरतपुर १५
हाल अमेरिका न्युयोर्क ।।

प्रतिक्रिया