निशाको ‘निनिज् बुटिक’मा विष्णुको कैँची

इनेप्लिज २०७७ फागुन २ गते १५:२९ मा प्रकाशित


काठमाडौं,

फेसन पारखीका लागि खुसीको खबर।फेसन डिजाइनर निशा श्रेष्ठले चाबहिल स्थित गणेशस्थानमा नयाँ बुटिक सञ्चालनमा ल्याएकी छन्।जसले फेसन पारखीहरुको चाहना पूरा गर्नेछ।

गणेशस्थान नजिकै सञ्चालनमा ल्याएको ‘निनिज् बुटिक’को शनिबार एक समारोह बीच ‘नेपाल स्टार’ तथा अभिनेत्री विष्णु चेम्जोङले उद्घाटन गरेकी छन्।प्रणय दिवश अर्थात ‘भ्यालेन्टाइन–डे’को एक दिनअगाडि सञ्चालनमा ल्याइएको उक्त बुटिकले युवा पुस्ताको रुचि अनुसार पहिरन तयार गर्ने लक्ष्य डिजाइनर निशाले लिएकी छन्।

‘फेसन डिजाइनर प्रति पहिले बाटै रुचि थियो’ डिजाइनर तथा बुटिककी सञ्चालक निशाले भनिन्, ‘तर, डिजाइनिङमा अलिक दक्ष भएर मात्रै खोलौँ भनेर बसेकी थिएँ।त्यसैले कोर्ष पूरा गरेर बुटिक सञ्चालनमा ल्याएकी हुँ।’

बागबजार स्थित आईआईएफटी ‘स्कूल अफ फेसन’मा फेसन डिजाइनिङमा डिप्लोमा कोर्ष पूरा गरेपछि निशाले ‘निनिज् बुटिक’ सञ्चालनमा ल्याएकी हुन्।उक्त फेसन कलेज बाट डिजाइनर कोर्ष गरेर बुटिक सञ्चालन गर्ने निशा पछिल्लो डिजाइनर हुन्।यस अघि आईआईएफटीका दर्जन बढी विद्यार्थीले बुटिक सञ्चालनमा ल्याएका छन्।

फेसन डिजाइनर निशाले बुटिकको नाम नेवारी भाषामा राखेकी छन् । ‘नेवारी भाषामा निनिज्को अर्थ पूपु हुन्छ’ उनले भनिन्, ‘नेवारी नाम भएपनि यो म, मेरो श्रीमान र छोरीको नामबाट मिलाएर निनिज् राखेकी हुँ।’उनले समय सापेक्षित ग्राहकको मागअनुसार पहिरन तयार गर्ने बताइन्।

निनिज्ले पनि अरु बुटिकहरुजस्तै गाउन,सारी,लेहेँगालगायत क्याजुअल परिहनलाई नै प्राथमकिता दिने उनको भनाइ छ।बुटिकले सर्वसुलभ मूल्यमा गुणास्तरिय पहिरन उपलब्ध गराउने निशाले बताइन्।

बुटिक उद्घाटन गरेपछि अभिनेत्री तथा गायिका विष्णुले भनिन्, ‘यसरी बुटिकहरु खुल्दा खुसी लाग्छ ।’आफू त्यतिधेरै फेसन कन्सस नभएपनि राम्रो लगाउन भनेपछि हुरुक्कै हुने विष्णुले सुनाइन्।निनिज बुटिकले नै तयार गरेको आफ्नो फेभरेट कलरको गाउनमा उपस्थित भएकी विष्णुले भनिन्,‘म फेसनसम्बन्धी अलि फरक छु।मान्छेहरु फेसन भनेपछि ट्रेण्डलाई फलो गर्छन् । तर,म त्यो पक्षमा छैन ।’‘ब्ल्याक एण्ड ह्वाइट’ आफ्नो फेभराइट भएको भन्दै विष्णुले भनिन्,‘हेर्दा नराम्रो देखिएपनि लगाएपछि सुहाउँछ भने मलाई मनपर्छ ।’

यसैबीच विष्णुले आफ्नो पेसाबारे भनिन्,‘कोरोना संक्रमणका कारण सबै काम रोकिएको थियो।अब बल्ल नयाँ कामहरु सुरु गर्दैछु।’

प्रतिक्रिया