काठमाडौं,
हाल अमेरिकामा बस्दै आएका गायक नेचुरल निर्मलको स्वरमा देशभक्ति भावले ओतप्रोत नयाँ गीत जुटौं अब त उठौं अब तको भिडियो दर्शकमाझ आएको छ । निर्मलले यो गीतको रेकर्ड पनि अमेरिकाको क्यालिफोर्नियाँमा गरेका हुन्।गीतको रेकर्डिस्ट मुस्कान बलमपाकी हुन्।
यो गीतमा संगीत पनि निर्मलकै रहेको छ।गीतको रचना गीता बजगाईंले गरेकी हुन्।गीतको संगीत संयोजन र मिक्सिङ विष्णु अधिकारीले गरेका हुन्।यो गीतको म्युजिक भिडियो सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक एवम् चलचित्र निर्देशक राजेश थापाले गरेका हुन्।थापाले गीतको भिडियोमा देशभक्ति भावलाई निकै प्रभावशाली रुपमा समेटेका छन् मुलत भारतले कब्जा गरेको नेपालको लिम्पिया धुरा, लिपुलेक र कालापानी जस्ता भूभाग हाम्रै हो भन्ने भावमा यो गीत तयार गरिएको हो । त्यो भूभाव नेपालको हो भनेर भिडियोमा निर्देशक थापाले उठान र पुष्टी गरेका छन्।
यो गीतको भिडियोलाई नगेन्द्र राईले छायाँकन गरेका हुन्।भिडियो नृत्य कोरियोग्राफी पनि राईकै हो।जसमा किशोर खनालको सम्पादन रहेको छ।यो गीतको भिडियोलाई विकल्प फाउन्डेसनको युट्युव च्यानलबाट रिलिज गरिएको छ।यो गीतको भिडियोमा नेपालका विभिन्न सम्पाद,संस्कृति,प्राकृतिक सुन्दता,भेषभुषा, नृत्य प्रस्तुत गरिएको छ।देशभक्ति यो गीतको भिडियो पनि थापाले त्यत्तिकै आकर्षक बनाएका छन्।
यस अघि नेपाल टेलिभिजनमा श्रष्टा आवाज कार्यक्रम निर्माता प्रस्तोताको रुपमा रहँदा निर्देशक राजेश थापाले ४४ वटा राष्ट्रिय भाव तथा जागरण गीतहरुको म्युजिक भिडियो निर्माण गरेका थिए।त्यसपछि पनि उनी यस्ता राष्ट्रिय भाव तथा जागरण गीतको भिडियो निर्देशनमा छन्।अन्य फुटकर एक दर्जन म्युजिक भिडियो निर्देशन गरेका थापाले यसपटक यो देशभक्ति भावको गीतको भिडियो ल्याएका हुन्।
प्रतिक्रिया