इन्स्टाको फोटो’मा रुचाइएका आसिफ शाह र रेश्मा घिमिरे फेरी अर्को गीतमा सँगै देखिदै

इनेप्लिज २०७७ फागुन २ गते ११:३९ मा प्रकाशित

काली प्रसाद बाँस्कोटाको शब्द, सङ्गीत र आवाज रहेको गीत ‘इन्स्टाको फोटो’बाट पहिलोपटक एकसाथ जोडिएका कलाकारहरु हुन्, आसिफ शाह र रेश्मा घिमिरे।दर्शकले अत्याधिक माया दिएको ‘इन्स्टाको फोटो’मा ‘ट्युनिङ र केमेस्ट्री’ मिलेपछि उनीहरूको जोडी निकै मन पराइएको थियो।उक्त गीतको युट्युवमा १४ मिलियन भन्दा बढी भियुज रहेको छ भिडियोमा बिछोडपछि प्रेमको सम्झना र त्यससँगै परिवारको बाध्यताको भूमरीमा परेको एक किशोरी र वियोगमा विदेशिएको एक किशोरको बाध्यतालाई चित्रण गरिएको थियो।दुःखान्त गीत पछि आसिफ र रेश्माले रमाइलो प्रकृतिको गीत ‘हेरन कान्छी’ मा पनि संगै काम गरिसकेका छन्।सो गीतलाई पनि दर्शकले रुचाएका थिए।र अब भने ‘इन्स्टाको फोटो’का जोडी आसिफ र रेश्मा पूनः अर्को गीतमा सँगै देखिदै छन्।यतिबेला आसिफ र रेश्मा फिचर्ड नयाँ गीत रिलिजको तयारीमा रहेको छ। रिकेश गुरुङको स्वर रहने गीतको अहिले छायांकन भैरहेको छ।

नेपाली टेलिभिजन, संगीत र चलचित्रलाई माया गर्ने मानिसहरु र प्रशंसकले एक वा अर्को तरीकाले आसिफ शाहको नाम पक्कै सुनेको हुनुपर्छ।कार्यक्रम प्रस्तोता, निर्देशकको रुपमा होस् या अभिनय होस् आफुलाई प्रमाणित गरिसकेका बहुमुखी प्रतिभाका धनी कलाकार हुन्, आसिफ शाह। नेपाल आइटल सिजन –२ को कार्यक्रम संचालनबाट राम्रो तारिफ, सफलता र धेरै प्रशंसक हासिल गरेका शाह आफै पनि गायनमा रुचि राख्छन्।उनको स्वरमा रहेको गीत ‘बाटो बिराए’, ‘एउटा व्यथा’ गीत सुन्दर बनेको छ।

पछिल्लो समय टिकटक एउटा राम्रो प्लेटफर्म बनेको छ । टिकटकबाटै सर्वाधिक चर्चामा आएको नाम हो– रेश्मा घिमिरे । नर्सिङ जीवन बिताउँदै गरेकी विराटनगरकी घिमिरेले टिकटकमा अपलोड गरेको भिडियो प्रयोगकर्तामाझ लोकप्रिय भयो ।उनका भिडियो खुब मन पराइयो । अन्ततः उनलाई ‘टिकटक क्विन’को नाम समेत दिइएको छ।टिकटकमा छाउनुअघि घिमिरेले केही चलचित्र र म्युजिक भिडियोमा काम गरेकी थिइन्, जुन कामको कतै चर्चा भएन । उनी ‘नोटिस’मा परिनन्।तर, टिकटकै कारण घिमिरे व्यस्त कलाकारको सूचीमा परेकी छन् । टिकटक बनाएर म्युजिक भिडियोसम्म आइपुगेकी रेश्मा अहिले म्युजिक भिडियोमा जमिरहेकी छन्।उनले केहिसमय अगाडि मात्र अमेरिकामा बसेर अध्ययन गरेका प्रभात बाबुसँग इन्गेजमेन्ट गरेकी छिन्।

प्रतिक्रिया