आइतबार, चैत २९ २०७७
काठमाडौं २१:५१
वासिङटन डिसी 12:06

भ्यालेन्टाइन विशेष कथा – रातो गुलाव

किशोर सापकोटा २०७७ फागुन २ गते ६:३२ मा प्रकाशित

कथाकार किशोर सापकोटा

साइक्याट्रिक डाक्टरलाई भेट्न केहीवेर कुर्नुपर्ने भयो । करुणालाई झिंझो लागिरहेको थियो ।

‘मम अर्को दिन आए हुंदैन ?’ करुणाले संगै भएकी आमालाई सोधी ।

‘एकैछिन त हो नि, यत्रा मानिस कुरी रहेका छन्’, आमाले भनिन् ।

करुणाले पर्खिरहेका मानिसलाई हेरी । सवै चुपचाप पर्खिरहेका थिए ।

एकैछिन मोवाइल चलाइ । फेरी थन्काइ । मानिसहरुका अनुहार पढ्न थाली ।

‘किन आए होलान् यिनीहरु, तन्दुरुस्त देखिन्छन्, के हुंदो हो यिनीहरुलाई ?’ मनमनै सोधी ।

केहीवेरमा करुणाको पालो आयो । ऊ आमासंगै डाक्टरको कक्षतिर प्रवेश गरी ।

डा. विनय शर्मा । शहरको नामुद साइक्याट्रिक । अखवारहरुमा उसका मानसिक समस्या र समाधान सम्वन्धी कोलमहरु छापिएका हुन्छन् । अखवारहरुमा विनयको सानो आकारको तस्विर देखेकी थिइ तर खास मतलव गरेकी थिइन । करुणालाई जीन्दगीमा कुनै दिन साइक्याट्रिककोमा जानु पर्ला भन्ने लागेको नै थिएन । चासो पनि दिएकी थिइन ।

आज पनि आफ्नो खुसीले ऊ आएकी थिइन । आमाको जिद्धी थियो ।

‘नमस्कार डाक्टर साव’, पस्दापस्दै करुणाकी आमाले नमस्कार गरिन् । करुणाले पनि आमालाई पछ्याउंदै नमस्कार गरी ।

जव डाक्टर विनयको अनुहार प्रष्ट देखी, उसलाई कस्तो कस्तो लाग्यो ।

‘हत्तेरी, नमस्कार गर्नुपर्ने खालको डाक्टरनै रहेनछ’, करुणाले मनमनै भनी ।

उमेर पनि करुणाको जस्तै नै होला । डाक्टरहरु त सफाचट हुनुपर्ने हो, विनय त्यस्तो थिएन । अखवारमा छापिएका तस्विरहरुमा सफा देखिने विनयले झुस्स दाह्री पालेको थियो । कपाल राम्ररी कोरेको थिएन, कपाल माथि चाया प्रष्ट देखिन्थ्यो । लगाइरहेको कपडामा कताकता टाटा परेका थिए, सफा थिएनन् । टेवल पनि राम्ररी पुछिएको थिएन । टाढावाट हेर्दा भव्य देखिने डाक्टर अफिस नजिकवाट हेर्दा भने राम्रो व्यवस्थापन नभएको प्रष्ट देखिन्थ्यो ।

‘वस्नुहोस्’, विनयले भन्यो ।

आमा अलि असजिलो मान्दै वसिन् । करुणा वेपर्वाह वसी, मानौ उसलाई यो डाक्टरसंग केही लिनुदिनु नै थिएन ।

‘यो म भन्दा पनि वेपर्वाह रहेछ’, मनमनै भनी ।

‘करुणा को हो ?’, विनयले भन्यो ।

‘मेरी छोरी’, आमाले करुणालाई देखाइन ।

‘समस्या के हो ?’

‘के भन्नु डाक्टर साव, फुलेको रातो गुलाव जस्ती थिइ । सवैको मनै लोभ्याउने । आकासको चरा जस्ती थिइ, साह्रै स्वच्छन्द । भगवानले सारा खुसी उसैलाई खन्याइदिएका छन् कि झै मस्तराम । तर पछिल्लो महिनामा एकाएक सवै कुरा वदलियो । आजकल चुपचाप वस्छे । ओइलाएको गुलाव जस्तो देखिन्छे । अनुहारमा कुनै क्षण पनि खुसी देखिदैन ।’

विनयले करुणालाई निहालेर हेर्यो । करुणा उस्तै वेपर्वाह वसीरही ।

विनयले आमालाई वाहिर जान भन्यो । कतिपय छोराछोरी आफ्ना समस्या वावुआमाका अगाडि सुनाउन तयार हुंदैनन् भन्ने करुणाकी आमालाई थाहा थियो । उनी वाहिरिइन ।

विनयले केही औपचारिकताहरु पुरा गर्यो र चेकजांचको प्रकृयामा प्रवेश गर्यो ।

आजको वार, विक्रम सम्वत, इश्वी सम्वत घरको ठेगाना, देशका प्रधानमन्त्री, राष्ट्रपतिको नाम अनेक प्रश्न सोध्यो । उत्तरहरु सही थिए । करुणा हरेक विषयमा अपडेट थिइ ।

‘तपाइलाई आत्महत्या गरौं गरौ वा आफैलाई हानी पुर्याऊ जस्तो लाग्छ’, केही प्रश्नहरुपछि उसले अलि फरक ट्रेन्डको प्रश्न गर्यो ।

‘म वांच्न चाहन्छु डाक्टर मर्न होइन’, करुणाले सोझो जवाफ दिएकी थिइ ।

एउटा मनोचिकित्सकले के कस्ता प्रश्नहरु गर्छन भन्ने करुणालाई जानकारी नभएको होइन । ऊ आफैं पनि साइकोलोजीको विद्यार्थी थिइ । तर विनयका कतिपय प्रश्नहरु सही फर्म्याटमा समेत थिएनन् ।

‘तपाइ प्रेममा हुनुहुन्थ्यो ?’ विनयले अर्को प्रश्न गर्यो ।

‘कुनै अभागी फेला परेको नै थिएन, कहांवाट प्रेम गर्नु ?’ करुणाले फेरी पनि निश्फिक्री जवाफ फर्काइ ।

अरु केही प्रश्नोत्तर जारी राख्यो तर प्रश्नहरुमार्फत करुणालाई के भएको हो भन्ने जवाफ भने पाउन सकेन ।

‘एकैछिन है करुणाजी’, विनयले केही समय माग गरेर कम्प्युटरमा आंखा डुलायो । आफुसंग अप्वाइन्टमेन्ट लिनका लागि करुणाले भरेको फर्मलाई ध्यान दिएर पढ्यो । करुणासंग समय मागेर अर्को कक्षमा गयो । टेलिफोनमा कसैसंग कुरा गर्यो र फर्कियो ।

‘तपाइ माइन्ड गर्नुहुन्न भने म तपाइको मोवाइल हेर्न सक्छु ?’ विनयले एकाएक करुणालाई अर्को प्रश्न गर्यो ।

करुणाले केही असहज मानेको हो कि जस्तो प्रतित भएपछि फेरी भन्यो, ‘म तपाइको गोपनीयताको पुरापुर सम्मान गर्दै फोटो फोल्डर वा वैंक सम्वन्धित एप्सहरु छुने छैन ।’

पासवर्ड अनलक गरिएको करुणाको मोवाइललाई विनयले गौर गरेर हेर्यो । उसले सफारी, क्रोम लगायत सवै व्राउजरहरुलाई खोलेर हेर्यो । हिष्ट्री हेर्यो र फिर्ता दियो ।

‘तपाइले मोवाइल निकाल्दा झोलामा रातो गुलाव देखेको थिए, किन वोक्नु भएको ?’

विनयले साना साना कुरामा पनि कुनै संकेत मिलिहाल्छ कि झै सोध्यो ।

‘यो फुल लिने कोही अभागी भेटिन्छ कि भनेर ।’

‘आज त सांझ नै पर्न लाग्यो, म वाहेक कोही भेटिएला जस्तो लाग्दैन’, विनयले भन्यो, ‘अप्ठेरो नमान्ने हो भने मलाइ दिनुहोस् ।’

‘तपाइ डाक्टर वन्ने कि प्रेमी ?’ करुणाले आंखामा आंखा जुधाएर भनी ।

‘दुवै’, विनयले भन्यो, ‘तपाइ प्रेमीको खोजीमा हुनुहुंदो रहेछ, म प्रेमिकाको खोजीमा ।’

‘प्ले व्वाइ हुनुहुंदो रहेछ’, करुणा हांसी, ‘आफ्नै क्लिनिकमा आएका विरामीलाई पनि नछाड्ने ?’

‘जीवनमा पहिलोपल्ट कसैसंग रातो गुलाव मागी रहेछु, म कसरी प्ले व्वाइ ?’, विनयले प्रतिवाद नै गर्यो, ‘तपाइलाई केवल माया चाहिएको रहेछ, आफ्ना मनभरीका रहरहरुलाई संगसंगै पुरा गर्ने साथी चाहिएको रहेछ, म त्यो वन्न सक्छु भन्ने आंट देखाएको मात्र हुं ।’

करुणाले विनयलाई निहालेर हेरी । मनोविज्ञानको विद्यार्थी हो । विनयको मनोविज्ञान पढी ।

‘सत्य भनेको करियर वनाउने नाममा आजसम्म प्रेमवाट भागिरहे’, विनय नै फेरी वोल्यो, ‘आज आफ्नै अगाडि आफुलाई सुहाउने मान्छे पाउंदा रोक्न नसकेको मात्रै हो । त्यो झोलामा भएको रातो गुलाव नओइलाओस भन्ने चाहेको मात्रै हो ।’

विनय र करुणाको संवाद जति लम्विदै थियो उतिनै वाहिर विरामीको लाइन पनि लम्विदै थियो । विनयले आफ्नो सेक्रेटरीलाई अरु विरामी नलिन कल गर्यो ।

‘जो वाधा किया तो निभाना पडेगा भन्ने खालकी केटी म होइन नि’, आफ्नो एक खालको निश्कर्ष सुनाउंदै करुणाले भनी, ‘एउटा शर्तमा म तपाइको प्रेम स्वीकार गर्न सक्छु ।’

‘मायामा सदैव एउटै मात्र शर्त हुन्छ, अर्कोको खुसीमा आफु रमाउने । त्यो शर्त मलाइ मन्जुर छ ।’

विनयको आंखामा आत्मविश्वास थियो ।

‘म तिमीलाई कुनैपनि मोडमा छाडिदिन सक्छु, कुनै गुनासो गर्न पाइदैन’, करुणाले एकाएक विनयलाई तिमी सम्वोधन गरी ।

म थानकोटसम्म जाने टेम्पुलाई कांकडभिट्टासम्म पुर्याऊ भन्ने खालको मुर्ख पनि त होइन, विनयले भन्यो, म गन्तव्यको ख्याल गर्छु, सवारी कति फेरियो भन्ने ख्याल गर्दिन, जीवन पनि यस्तै हो ।

‘गज्जव परिभाषा’, करुणाले भनी, ‘जीवनलाई यति सरल ढंगले वुझेको मानिसको जीवनशैली भने के व्रेकअप भएको मान्छेको जस्तो वनाएको त ?  कि भर्खरै व्रेकअप भएको थियो ?’

‘सत्य भनिरहेको छु, अहिलेसम्म प्रेम गर्ने मौका नै पाइन, आज परीक्षा दिंदैछु, पास हुन्छु कि फेल हुन्छु थाहा छैन ।’

‘प्रेमको परीक्षामा एक्लो परीक्षार्थी हुंदैन’, करुणाले भनी, ‘दुइ परीक्षार्थी हुन्छन्, कि दुवै पास हुन्छन् कि दुवै फेल हुन्छन् ।’

विनयले करुणालाई निकै वेर निहालिरह्यो । करुणाले विनयलाई पढीरही ।

‘त्यो फुल दिएर गयौ भने सम्झ एउटा रातो गुलावले मेरो जीन्दगी पुरै रंगिने छ’, विनयले निश्कर्ष सुनायो ।

करुणाले झोलावाट रातो गुलाव निकाली । विनयको सामुमा फिल्मी शैलीमा घुंडा टेकी र गुलाव दिंदै सोधी, ‘वील यु वी माइ भ्यालेन्टाइन ?’

विनयले पहिला फुल समायो र करुणालाई उठाएर छातीमा टांस्यो । करुणाको निधारमा मायालु चुम्वन गर्यो ।

करुणा विनयवाट छुट्टिएर ढोकातर्फ वढी । ढोकावाट वाहिरिंदै गर्दा फर्किएर मुस्कुराइ ।

‘भोलिको पहिलो विरामीमा मेरो नाम राख्नु । म भोलि आउंछु ।’

करुणाले एउटा गुलावको फुल छाडेकी थिइ तर करुणाको अनुहार हेर्दा लाग्थ्यो उसको सवै विराम त्यही छाडिएको थियो ।

वाटोमा आमासंग करुणाले पहिला झै कुरा गरी । घरमा खुलेर हांसी । महिनौ पछि फेरी घरमा खुसीको माहोल छायो ।

भोलिपल्ट करुणा एक्लै डा. विनयको अफिस पुगी । सुनसान थियो । शायद उसले आज सवै विरामीको अप्वाइन्टमेन्ट हटाएर एक्लो विरामी रोज्यो । विनयको सेक्रेटरीले उसलाई सोझै विनयको कक्षमा पुर्याइ ।

आश्चर्य, आज विनयको कार्यकक्ष पुरापुर सफा थियो, मानौ ऊ रातभर यसलाई सजाउन व्यस्त रह्यो ।

‘वाह, एकरातमा यत्रो परिवर्तन ?’ आंखा चारैतिर घुमाएर करुणाले सोधी ।

‘मैले तिमीलाई भनेको थिए, तिमी एउटा रातो गुलाव छाडेर जाऊ, त्यसले मेरो जिन्दगी रंगाउने छ । वांकी तिम्रो सामु छ ।’

विनयले इज्जतका साथ करुणालाई काउचमा वसायो । विनय आज दाह्री काटेर सफाचट थियो । पोशाक छुंदा पनि मैलो लाग्ला कि झै सफा थिए । साह्रै हेन्डसम । परिवर्तन विनयमा मात्रै होइन, करुणामा पनि थियो । रातो गुलावको रंग करुणाको अनुहारमा पनि पोतिएको थियो ।

‘करुणा, तिम्रो र मेरो भेटघाटको यो दोश्रो दिन हो, मनमा भने लागिरहेछ हामी लामो समय देखि एक साथ छौं’, विनयले केहीवेर करुणालाई हेरेर भन्यो, ‘तर पनि मनमा एक खालको हतार महसुस हुन्छ, केही रोमाञ्चक क्षणहरुको कल्पना आउंछ । त्यसैले आउन लागेको भ्यालेन्टाइनलाई केही स्पेशल वनाउन चाहना छ, तिमी कस्तो भ्यालेन्टाइन डे को कल्पना गछ्र्यौ ?’

करुणाले केहीवेर त्यो क्षणको कल्पना गरी ।

‘भीडभाड भन्दा पर’, करुणाले आफ्नो कल्पना सुनाउन थाली, ‘सलल वगेको पानीमाथि तैरिएको रातो गुलावले सजाएको एउटा डुंगामा तिमी र म । फेवु्रअरीको चिसो सांझमा प्रेमिल न्यानो अंगालो । तिमीमा म हराउंदै हराउंदै गरेको क्षणमा क्यान्डिल लाइट डिनर । वेस्करी चिच्याएर तिमीलाई आइ लभ यु भन्न पाऊ, त्यो आवाज तिमी र म वाहेक कसैले नसुनोस्, टाढा टाढा पुगेर आवाज हराओस् । मनमा कुनै संकोच वांकी नरहोस्, भविश्यको चिन्ता नहोस् ।’

‘तिम्रो प्याकिंग सुरु गर’, विनयले निश्कर्ष सुनायो ।
……………………
दुइ दिन पछि उनीहरु काठमाडौं विमानस्थलवाट दुवइलाई ट्रान्जिट वनाएर अमेरिकाको सिकागो हुंदै केन्टकीको लुइभेल शहरमा पुगे । विमानस्थलवाट गाल्ट होटल जानका लागि विवाहको लागि सिंगारिएको झैं अष्टिन प्रिन्सेस लिमोजिन कार तयार थियो । कारको पछिल्लो सीटमा करुणा विनयको कांधमा ढल्किएकी थिइ । यो यात्रा उसले अनुमान गरे भन्दा वढी रोमाञ्चक भइरहेको थियो ।

करिव १० मिनेटमा नै ओहायो नदीको किनारमा रहेको होटल गाल्टमा उनीहरु पुगे । गाडीवाट उत्रिंदा सांझ पर्न लागिसकेको थियो । यो सांझ विशेष थियो । ‘भ्यालेन्टाइन डे’ को सांझ ।

ओहायो नदीको किनारमा रहेको गाल्ट होटल

होटलको गेटमा उत्रिंदा करुणालाई होटलको छेउवाट वगीरहेको ओहायो नदीले निकै तानेको थियो । सांझको उज्यालोमा लुइभेल डाउनटाउन चम्किएको थियो । कोठामा गएर उनीहरु फ्रेस भए । करुणाले रातो वनपिस लगाइ । मेक अप गरी । करुणाले झ्यालवाट आंखाले भ्याउन्जेलसम्म पर ओहायो नदीलाई हेरी, पारी इण्डियना थियो ।

झ्यालवाट वाहिर हेरिरहेकी करुणालाई विनयले विस्तारै पछाडिवाट अंगालोमा कस्यो । करुणा अलिअलि लजाइ । विनय रातो टाइका साथ सुटमा सजिएको थियो ।

‘ऊ तल नदीमा हेर, तिम्रो कल्पनाको डुंगा’, विनयले होटलको तल नदीमा रहेको वेले अफ लुइभेललाई औंल्याउंदै भन्यो ।

गाल्ट होटलवाट देखिएको वेले अफ लुइभेल वोट

११५ वर्ष पुरानो यो स्टिम वोट लुइभेल शहरको आकर्षण मध्ये एक हो ।

होटलवाट निस्कनु अघि विनयले करुणालाई रातै रंगको ओभरकोट  लगाइदियो । उनीहरु नदीतर्फ लम्किंदै गर्दा विस्तारै हिऊ पर्न थाल्यो ।

काठमाडौंमा हुर्किएकी करुणाले यति नजिकवाट हिऊ देख्न पाएकी थिइन । उनीहरुलाई वेले अफ लुइभेलमा विशेष स्वागत भयो । वोटलाई पुरै रातो गुलावको फुलले सिंगारिएको थियो ।

विनयले करुणालाई समातेर वोटको छतमा लग्यो । सजाइएको टेवलमा उनीहरु कुर्सी जोडेर वसे । वांकी सवै टेवलहरु खाली थिए । पीटर वी. हेलेण्डले पियानो र गिटार प्रयोग गरेर तयार गरेको लभ म्युजिक सानो आवाजमा वजिरहेको थियो । चुपचाप यो क्षणको मजा लिइरहे ।

वेले अफ लुइभेल पानीलाई पछाडि हुत्याउंदै अगाडि वढ्यो । द फोर्थ व्रिज सांझको वत्तीमा झलमल्ल देखिन्थ्यो । फोर्थ व्रिजमा भएका प्रेमिल जोडीहरुले उनीहरुलाई हात हल्लाएर स्वागत गरे । यो वेला करुणाको मुटु जोडजोड धड्किएको थियो । व्रिजको मुनिवाट ओहायोमा अगाडि वढिरहेको वोटमा चालक दलका सदस्य वाहेक कोही पनि थिएनन् । उनीहरु लुइभेल डाउनटाउन र ओहायो नदीमा देखिएको यसको रोमाञ्चक छांयालाई निहाल्दै अगाडि वढे ।

ओहायो नदीवाट देखिने गाल्ट होटल सहित लुइभेल डाउनटाउन

वोट शहर छाडेर भीडभाड भन्दा टाढा पुग्यो जहांवाट लुइभेल डाउनटाउन पर देख्न सकिन्थ्यो ।

करुणा कुर्सीवाट दौडिएर वोटको वारतर्फ दौडिइ । हिऊ उसको कपालमा झर्दा कपाल कपासझैं फुलेको देखिन्थ्यो । विनय पनि पछिपछि दौडियो ।

‘आइ लभ यु, आइ लभ यु, आइ लभ यु’, करुणाले पुरै वातावरण थर्काउने गरी चिच्याइ ।

तीन तले वेले अफ लुइभेलको तल्लो तल्लाको ककपिटमा क्रु मेम्वरहरु मात्रै थिए जसले विनय र करुणालाई सुन्न सक्दैनथे ।

‘आइ लभ यु टु, आइ लभ यु टु, आइ लभ यु टु’, विनय उसै गरी चिच्यायो ।

हिऊले पुरै नढाकिउन्जेल अंगालोमा वांधिरहे । एकले अर्कालाई किस गरिरहे ।

एक शताव्दीभन्दा लामो इतिहास वोकेको स्टिम वोट वेले अफ लुइभेल

वोट फेरी लुइभेल शहरतर्फ फर्किएको थाहा पाए पछि उनीहरु फर्किएर डान्स रुममा गए । लभ म्युजिकमा डान्स गरे । क्यान्डल लाइट डिनर सजाइएको थियो । रमाउंदै खाए । एउटा रोमाञ्चक अनुभूतिका साथ होटल फर्किए ।

होटल फर्कदै गर्दा विनयले करुणालाई ‘भ्यु प्वाइन्ट जाने’ भनेर सोध्यो । युनिभर्सिटी अफ लुइभेलमा पढेको कारण विनय यहांको वारेमा पुरै जानकार थियो । करुणा विनयसंगको साथ अझ लम्वियोस् भन्ने कामना गरिरहेकी थिइ । वेले अफ लुइभेलले दिएको रातो छाता ओढाएर विनयले भ्यु प्वाइन्ट पुर्यायो जहांवाट ओहायोको विशालता देख्न सकिन्थ्यो । हिऊ परिरहेको रातमा भ्यु प्वाइन्टको ठुलो मैदानमा करुणा दौडिएर रमाइ । उसैगरी फेरी पनि चिच्याइ । ‘आइ लभ यु, आइ लभ यु, आइ लभ यु ।’

उनीहरु रोमाञ्चक मुडमा कोठामा फर्किए ।

होटलको लवीमा विनयको अंगालोमा वांधिएर करुणा विना संकोच हिडिरहेकी थिइ ।

‘आज परिवारका सवै सदस्यहरु यहां भएको भए म तिमीसंग विवाह गर्ने थिए, आजको रातमा तिमीसंग सुहागरात मनाउने थिए’, विना संकोच करुणाले आफ्नो मनको कुरा सुनाइ ।

‘वन्डरफुल आइडिया, यस्तो कुरा काठमाडौंमा नै किन नभनेको ?’

‘तिमीलाई पहिलो भेटमा पुरै लथालिंग भेटेको थिए, यति राम्रो म्यानेजर होलाऊ भन्ने कल्पना नै गर्न सकिन नि’, उसले प्रशंसा गरी ।

‘तिमीले दिएको एउटा रातो गुलावले मेरो पुरै जीन्दगी रंगिने छ भनेर मैले भनेकै थिएनी’, विनयले डोहोर्याउदै करुणालाई होटलको वलरुमतर्फ लग्यो ।

वलरुमको माहोल पुरै फरक थियो । नेपाली पोशाकमा थुप्रै मानिसहरु थिए । पर मण्डप थियो, जहां पुरोहितले मन्त्रोच्चारण गरिरहेका थिए । करुणाले आंखा डुलाइ, जहां उसका सम्पुर्ण परिवार उनीहरुको प्रतिक्षामा थिए ।

‘ह्वाट अ सरप्राइज’, करुणा चिच्याइ ।

‘तिमीले केही क्षण अघि भनेको होइन, परिवारका सवै सदस्य भए विवाह गर्थे, आज सुहागरात मनाउंथे भनेर’, विनय मुस्कुरायो, ‘म मनोचिकित्सक हुं डियर, कस्ले कुन वेला कुन कुरा खोज्छ भन्ने थाहा छ । त्यसैले यी सवै कुराको व्यवस्थापन गरे ।’

करुणाले फेरी खुसीले विनयलाई अंगालो हाली ।

उनीहरु मण्डपमा वसे । विवाह सम्पन्न भयो ।

युनिभर्सिटी अफ लुइभेलमा नै पढेको कारण विनयका धेरै साथीहरु उपस्थित थिए । लुइभेलमा नेपाल र भुटानवाट आएका नेपाली भाषीहरुको निकै ठुलो समुदाय छ र त्यहां धेरै मानिसहरुको उपस्थिति रहेको थियो । विवाहपछि सवैले उनीहरुलाई वधाइ दिए ।

विवाह सकिएपछि करुणाले एकाएक माइक समाइ । यति ठुलो आयोजनाका लागि विनयलाई धन्यवाद दिइ । शुभकामना दिन उपस्थित सवैप्रति आभार व्यक्त गरी  ।

सवैप्रति आभार व्यक्त गरेपछि उसको अनुहार एकाएक वदलियो ।

‘आज म जति खुसी छु, त्यति नै यो मनको एउटा कुनामा अपराधवोध पनि भइरहेको छ’, सवैलाई निहाल्दै करुणा वोली, ‘मलाइ यति माया गर्ने मान्छेलाई म धेरै समय साथ दिन सक्दिन, म चांडै नै मर्दैछु भन्ने जान्दा जान्दै पनि उसलाई माया गरे । विवाहसम्म डोहोर्याएर ल्याए ।’

करुणा वोल्न सकिन । घुंक्क घुंक्क रोइ । परिवारका सदस्यहरुमा एकप्रकारको त्रास देखियो । विवाह उत्सव शोकसभा जस्तो भयो ।

विनयले करुणालाई कस्सेर अंगालोमा वांध्यो ।

‘यो दुनिंयामा अजमरी कोही पनि त छैन करुणा’, विनयले माइक समातेर भन्यो, ‘तिमी जुन दिन मेरो क्लिनिकमा आएकी थियौ, त्यही दिन मैले तिमी मर्दैछेऊ भन्ने थाहा पाएको थिए ।’

करुणाले टाउको उठाएर प्रश्नवाचक आंखाले हेरी ।

‘मैले तिमीले अप्वाइन्मेन्ट वनाउंदा भरेको फर्ममा तिम्रा चिकित्सकहरुको सुचि हेरेको थिए जहां मेरो साथी डा. विमल वाग्लेको नाम समेत थियो । तिमीले घरमा त आफ्नो समस्या वारेमा वताइनौ तर आफ्ना चिकित्सको सुचिमा वास्तै नगरी विमलको नाम लेखिदियौ । मैले तिमीलाई कक्षमा छाडेर अर्को कोठावाट विमललाई कल गरे । तिमी, मेरो र विमल दुवैको विरामी भएकोले सुचना आदान प्रदान गर्न कानुनले वर्जित गर्दैनथ्यो । जव विमलले तिम्रो विरामको वारेमा वतायो, आइ वाज सक्ड ।’

माहोल भावविह्वल थियो । कोही वोल्न सक्ने अवस्थामा थिएनन् ।

‘कोठामा फर्किए पछि मैले तिम्रो मोवाइल मागेर हिष्ट्री सर्च गरेर हेरेको थिए जहां तिमीले भोगीरहेको क्यान्सरको कुनै उपचार छ कि भनेर खोजेकी थियौ ।’

कसैका नजर उठ्न सकेका थिएनन् । विनय नै वोलिरह्यो ।

‘तिमीले भनेकी थियौ, म यो गुलाव दिने एउटा अभागी खोजिरहेकी छु । तिमीले भनेको जस्तो अभागी म वाहेक कोही अर्को हुनै सक्दैनथ्यो किनकी मेरो पनि जीवन लामो छैन ।’  विनयले एकाएक आफ्नो जीवनको अर्को सत्य पाटो उद्घाटित गर्यो जुन कुरा ऊ र उसको चिकित्सक वाहेक कसैलाई थाहा थिएन ।

‘मलाई पनि तिमीलाई जस्तै मायाको आभाष गर्न मन थियो । जीन्दगी कति लामो विताइयो भन्ने कुनै मतलव हुंदैन, कति मजाले विताइयो भन्ने कुराको मतलव हुन्छ । मैले तिमीलाई भनेको थिए करुणा, थानकोटसम्म जाने टेम्पुलाई कांकडभिट्टा जाऊ भनेर म भन्न सक्दिन । मेरो पनि जीवन त्यही थानकोटसम्मको लागि जस्तै हो ।’

करुणाले विनयलाई गम्लंग अंगालो हाली । कहालिएर रोइ । आफु मर्दैछु भन्ने कुराले जति अत्याएको थियो त्यो भन्दा पनि वढी विनय मर्दैछ भन्ने कुराले डराइ ।

विनयले करुणालाई अझ दर्विलो गरी समायो ।

‘मैले भनेको थिए करुणा, तिमीले छाडेको एउटा रातो गुलावले मेरो जीवन रंगीन हुन्छ भनेर । म आज तिम्रो मायामा रंगिएको छु, आफुलाई अपुरो ठान्दिन, आज मेरो अंगालोमा मलाई माया गर्ने मान्छे छे । आफुलाई भाग्यमानी ठानेको छु ।’

वलरुमको कुनावाट एउटा आकृति विस्तारै उनीहरु तर्फ लम्कियो । ऊ डा. विमल वाग्ले थियो ।

‘तिमीहरुको जीवन धेरै छैन सत्य हो, तर आजै टुंगिने पनि होइन, यो पनि सत्य हो’, विमलले भन्यो , ‘विनयले भनेझै को कति लामो समय वांच्छ होइन, कसले कति क्वालिटी लाइफ विताउंछ, त्यसको महत्व हुन्छ । म सकेसम्म तिमीहरुलाई लामो समय वचाउन प्रयासरत हुनेछु ।’

डा. विमलले विनय र करुणालाई अंगालोमा कस्यो । ऊ घुंक्क घुंक्क रोइरहेको थियो ।

‘मानिस जन्मिन्छ र मर्छ यो सत्य हो’, फेरी विनय वोल्यो, ‘जवसम्म यो रातो गुलाव फुलिरहन्छ, हामीजस्ता प्रेमिल जोडीहरु यो संसारमा रहिरहने छन् । हामी मरेपछि हाम्रो याद आउंदा रातो गुलावमा हेर्नु, हामी त्यहां मुस्कुराइ रहेका हुनेछौ ।’

विनयले करुणालाई अंगालो हालेर विस्तारै हलवाट वाहिरियो । (नेपालनाम्चा)

प्रतिक्रिया