अन्तराष्ट्रिय प्रतियोगितामा नेपाली

इनेप्लिज २०७७ माघ ३० गते १०:२४ मा प्रकाशित

मिस्टर नेपाल २०१९ का बिजेता डा. सन्तोष उपाध्याय हाल नेपाललाई मिस्टर सुप्रान्यासनलको सुप्रास्टार सर्चमा प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा छन। ३७ देशका प्रतियोगी सहभागी भएको यस प्रतियोगितामा उनि हाल टप ३ सम्म पुग्न सफल भइसकेका छन्।मिस्टर नेपालको टाइटललाई विश्वसामु फैल्याउने उदेश्यका साथ अगाडी बढीरहेका सन्तोषले टप ३ मा पुग्नुलाई आफु संगै नेपालको उपलब्धिको रुपमा बुझेका छन्।टप २०, टप १२, टप ६ हुँदै टप ३ मा पुगेका सन्तोषले हरेक चरणमा निर्णायकहरुलाई आफ्नो प्रस्तुतीले प्रभावित पार्दै डाइरेक्ट आफुलाई अगाडी बढाइरहेका छन्।

डिजिटल राउण्डको अन्तिम तिनमा उनि संगै नर्थ मेसिडोनिया र हाइटीका प्रतियोगी छन।अनलाइन भोटिङ मार्फत छानिने यस प्रतियोगितामा निर्णायकहरुले ४० प्रतिशत र भोट मार्फत ६० प्रतिशत निर्णय हुनेछ।सोमबार सम्म भोट गर्न पाइने यस प्रतियोगितामा नेपालका सन्तोष अन्तिम तिनमा छन्।उनले भोटमार्फत आफु र नेपालला अगाडी बढाउन आग्रह गरेका छन्।

‘हामीले भोट मार्फत आफ्नो देशलाई अगाडी बढाउन सक्छौ भने किन नगर्ने ? ‘ सन्तोष भन्छन् ,’यो प्रतियोगिताकै लागि पछिल्लो समय निकै मेहनत गरेको छु ।’ उनले शरीरको तौल घटाउनुका साथै आफुलाई अन्तराष्ट्रिय अगाडी बढाउन निकै मेहनत समेत गरिरहेका छन् । उनलाई भोट गर्न यस लिंकमा ( https://bit.ly/3aaDVdt ) क्लिक गरि खुल्ने पेजमा १ नम्वरमा आउने सन्तोषको फोटोमा भएको स्टारमा क्लिक गरेर भोट गर्न सकिनेछ । एक भन्दा बढी भोट दिनको लागी भने भोट संख्या अनुसार केहि रकम लाग्नेछ।

के हो मिस्टर सुप्रान्यासनल अनि सुप्रास्टार सर्च ?

मिस्टर सुप्रान्यासनल पुरुषहरुको मुख्य २ मध्यको प्याजेन्ट हो ,जुन बर्सेनी पोल्यान्डमा हुने गर्दछ।यो प्रतियोगिता सन् २०२० मा कोरोनाका कारण हुन नसके पनि यो बर्ष जुलाई अगस्टमा भने पोल्यान्डमा हुनेछ।यो पुरुषहहरुको सबै भन्दा महँगो र फ्यान्सी प्याजेन्ट भएकाले सबै देशहरुसँग यस्को फ्रान्चाइज छैन,तर यो बर्ष फ्रान्चाइज नभएका राष्ट्रहरुको पनि सम्लग्नता होस भन्ने हेतुले मिस्टर सुप्रान्यासनलले सुप्रास्टार सर्च भर्चुअल प्रतियोगिता गरेको छ।यो प्रतियोगताका बिजेताले फेरी मिस्टर सुप्रान्यासनल प्रतियोगितामा आफ्नो देशलाई प्रतिनिधित्व गर्नेछन भने उहालाई आयोजकले नै स्पोन्सर गर्नेछ । नेपाललाई प्रतिनिधित्व गर्दै सन्तोष हाल टप ३ मा पुगिसकेका छन।लामो समय देखी समज सेवामा समेत सक्रिय रहेका उनि थुप्रै पटक चिकित्सक हैसियतले बिभिन्न राष्ट्रमा नेपाललाई प्रतिनिधित्व गरिसकेका छन भने उनि चित्रकला, खेलकुद तथा समाजिक अभियानताका रूपमा सकृय छन।

प्रतिक्रिया