फेसन डिजाइनर संघका अध्यक्ष दिपक न्यौपाने सम्मानित

इनेप्लिज २०७७ माघ ३० गते ०:२३ मा प्रकाशित

समाचारपाटी, पोखरा। नेपाल फेसन डिजाइनर संघका अध्यक्ष दिपक न्यौपाने सम्मानित हुनुभएको छ।आर के इन्टरटेनमेन्टको २० औँ वार्षिकोत्सवको अवसरमा न्यौपानेलाई संचार तथा सुचना प्रविधिमन्त्री पार्वत गुरुङले सम्मान गर्नुभएको हो।

नेपालमा नै पहिलो पटक फेशन सप्ताहको आयोजना गरि नेपालको फेसन क्षेत्रलाई विशवव्यापी बनाउन टेवा पुर्याएको भन्दै न्यौपानेलाई सम्मान गरिएको हो।
सो सम्मानले आफुलाई नेपालमा फेसन र यस क्षेत्रको विसकाका लागि थप हौसला प्रदान गरेको न्यौपानेले बताउनुभयो।सो कार्यक्रममा फेसन इन्फ्लुएसर अवार्डबाट पोशाक महासंघका अध्यक्ष नविन लुइटेल पनि सम्मानित हुनुभएको छ।

सो कार्यक्रममा नायिका करिश्मा मानन्धरलाई महानायिकाको उपाधि प्रदान गरिएको थियो।काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै आरके इन्टरटेनमेन्टले अभिनेत्री करिश्मा मानन्धरलाई महानायिका लेखिएको स्यास र क्राउन समेत लगाइदिएको छ।समारोहमा कलाकार नीर शाह, कुलमान घिसिङ्ग, गीतकार डा.भोला रिजाल, गीतकार मिन सागर लामा लगायतका व्यक्तिहरुलाई समेत राष्ट्रिय सम्मान प्रदान गरिएको थियो।

समारोहमा आरके इन्टरटेनमेन्टले आयोजना गरेको अनलाइन ग्राण्ड सिङगिङ आइडल तथा स्याल यु डान्स कार्यक्रमका विजेतालाई पनि अवार्ड वितरण भएको थियो । सिङगिङ आइडलका विजेता मोनिका तमाङ तथा फस्ट रनरअप सुमिरन हुमागाई थिए भने सेकेन्ड रनर्सअप मिनिसा तामाङ भएकी थिइन्।कार्यक्रममा सिंगिङ आइडलका निर्णायकहरु आनन्द कार्की, मिन साागर लामा, सरिता भारती र सरोज प्याकुरेललाई पनि सम्मान गरिएको थियो।

प्रतिक्रिया