फिल्म ‘डिसेम्बर फल्स’को छायाँकन पोखरामा भइरहेको छ ।

इनेप्लिज २०७७ माघ ३० गते ०:१५ मा प्रकाशित

फिल्म ‘डिसेम्बर फल्स’को अहिले पोखराको बिभिन्न स्थानमा छायाँकन भइरहेको छ।माघ पहिलो साताबाट छायाँकन सुरु भएको फिल्मको अहिले केही तस्बिर समेत बाहिर आएको छ । निर्माण टिमले गोप्य राख्दै आएको उक्त तस्बिरबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासनासिंह ठकुरी देखिएका छन्।

प्रविण झाको निर्देशन रहेको फिल्ममा दक्षिण भारतीय फिल्मका व्यस्त छायाँकार महेश आर गुप्ताको छायाँकन रहेको छ।रामप्रसाद रिजालको प्रस्तुति, लक्ष्मण रिजाल कार्यकारी निर्माता रहेको फिल्मको निर्माता राजकुमार भट्ट हुन्।केही दिनमा पोखरा सेडयुल सकेर फिल्म छायाँकनका लागि काठमाडां फर्किने निर्माण युनिटले जनाएको छ।

फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा रोहित, सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराईलगायतको अभिनय रहनेछ । फिल्मको प्रदर्शन मिति ०७८ को साउन १ गते प्रदर्शन हुनेछ ।

https://www.youtube.com/watch?v=vc4V5Qnwlis&feature=emb_logo

प्रतिक्रिया