एनआरएनए केन्याद्वारा नैरोबी बिमानस्थल अध्यागमनलाई मास्क सहयोग

इनेप्लिज २०७७ माघ २९ गते १७:५३ मा प्रकाशित

नैरोबी , केन्या गैरआवासीय नेपाली सङ्घ , केन्याको तर्फ बाट  सस्थापक अध्यक्ष  कुल बहादुर कार्की को नेतृत्व मा  केन्याटा अन्तरराष्ट्रिय बिमान स्थलका अध्यागमन बिभाग   केन्या कि उपनिर्देशक  श्रीमती एलीसेन्ट  ओडिपो निर्देशक  एरीक  रोटिच  लाईगैरअवासिय नेपाली संघ केन्याको तर्फबाट दस हजार थान मास्क  सहयोग स्वरुप हस्तान्तरण गरिएको

कोरोना महामारी रोकथाम मा सहयोग पुर्याउने उद्देश्य ले उक्त सानो सहयोग  गरिएको उक्त कार्यक्रममा गैरआवासिय नेपाली संघकेन्याका  महासचिव टीका धिताल  ,पुर्ब आइसीसी  सदस्य यादब काफ्ले,पुर्ब अध्यक्ष कृष्णदत्त भट्ट  कोषाध्यक्ष  भरत रेग्मी उपस्थितहुनुहुन्थ्यो।

केन्यामा रहेका नेपालीहरुको सहयोग प्राप्त गर्दै अध्यागमन निर्देशकले एनआरएनए केन्या लाई धन्यवाद दिदै  कृतज्ञता व्यक्त गर्नु भयो।

संघका तर्फबाट सस्थापक अध्यक्ष  कुलबहादुर कार्कीले मास्क किन्न सहयोग गर्नु हुने सम्पुर्ण सदस्यहरुलाई धन्यवाद दिदै  भबिस्यमापनि यस्तो सहयोग जारी राख्ने बिश्वास व्यक्त गर्नु भयो।

प्रतिक्रिया