“साहित्यकार कमला प्रसाईंका तीन कृतिहरु बिमोचन”

इनेप्लिज २०७७ माघ २९ गते ९:०२ मा प्रकाशित

 


तीन दशकदेखि साहित्यका विभिन्न बिधामा कलम चलाउँदै आएकी साहित्यकार कमला प्रसाईंका हालसालै सुन्दर हरैचा नगरपालिका सलकपुर मोरङ्गको श्री शिक्षा निकेतन उच्च मा. वि मा भब्य कार्यक्रमका बीच तीन कृतिहरुको बिमोचन कार्यक्रम सम्पन्न भयो,साहित्यकार प्रसाईं त्यहीँ मोरङ्ग सलकपुरमा हुर्केकी हुन् र त्यहीँ बिध्यालयमा १४ बर्ष शिक्षण पेशामा बिताएकी पनि हुन्।

आफ्नी जन्मदिने आमाको जन्मदिन पारेर किताब बिमोचन कार्यक्रम राखिएको थियो। ९१ बर्षिय आमा श्री जयन्तादेवी प्रसाईं को हातबाट पानसमा बत्ती बाली किताब बिमोचन गरिएको थियो, ती कृतिहरु अरु समाजसेवीहरुको हातबाट पनि अरु कृतिहरु संयुक्त रुपमा बिमोचन गरिएको थियो। बिध्यालयका संस्थापक अध्यक्ष श्री कृष्ण प्रसाद प्रसाई, यम बुद्दका पिता श्री अम्बिका प्रसाद अधिकारी,बर्तमान ब्यवस्थापन समितिका अध्यक्ष श्री कृष्ण रिजाल, बिध्यालयका प्राध्यापक श्री ठाकुर प्रसाद सुवेदी, समाजसेवी उर्मिला अधिकारी,समाजसेवी श्री शुशिला कार्की साथै विभिन्न ठाउँबाट उपस्थित भएका दर्जनौ मानिसहरुको सहभागिता र भिड थियों,कार्यक्रममा उपस्थित सबै मानिसहरुलाई खाजा,नास्ता र अतिथिहरुको भब्य स्वागत गरिएको थियो, कार्यक्रम संचालन बिध्यालयका शिक्षक घनश्याम ढकालले गर्नु भएको थियो भने बिध्यालयका पुराना शिक्षक श्री कमल प्रसाद पोख्रेल,श्री तुलसी सुवेदी, श्री गणेश पोख्रेलले ब्यबस्थापनमा धेरै नै खटिएर सेवा र सहयोग पुर्याउनु भएको थियो भने शिक्षक सिताराम लुईटेलले बिमोचित कृति सिमानाबाट आमा कविता सुनाएर सबैलाई भावुक बनाउनु भएको थियो, साहित्यकार प्रसाईंका कृतिहरुको समिक्षा उनैलाई पढाउने गुरुहरु श्री मेदनीप्रसाद बराल र श्री अमृतकुमार आचार्यले गर्नु भएको थियो। कार्यक्रममा साहित्यकार कमला प्रसाईका कृति बिमोचनमा उनका स्कुल जीवनका सम्पुर्ण गुरुगुरुमाहरुको उपस्थिति थियो, जसले साहित्यकार प्रसाईं पहिलेदेखी नै होनहार छात्रा भएको र डायस्पोरामा रहेर पनि देशप्रतिको माया देखेर मुक्तकण्ठले प्रशंसा गरेका थिए।

अन्तिममा कार्यक्रमको समापन बिध्यालय ब्यबस्थापन समितिका अध्यक्षले गरेका थिए, कार्यक्रम भब्य भएको थियो। साहित्यकार प्रसाईका कृतिहरु विभिन्न ठाउँमा राखिने गरि बन्दोबस्त मिलाएर कार्यक्रम सकिएको थियो।

प्रतिक्रिया