१८ महिना छोरी छोडेर अर्कैसँग गरिन् विहे।७ महिना पछि सम्पत्ति कुम्ल्याएर फेरि पूर्व श्रीमानसँग भागिन्।श्रीमान रुदै मिडियामा। (भिडियोसहित)

इनेप्लिज २०७७ माघ २७ गते २३:२४ मा प्रकाशित

झापा।बैदेशिक रोगजारीको क्रममा हुँदा सामाजिक सञ्जालमा चिनजान भएर विवाह गरेका पाँचथरको मिक्लाजुङ १ का हिमाल राई यतिबेला श्रीमति बुद्धिमाया मगर राईको खोजी छन्।

लेटाङका श्रीमान भूपाल राईसँग सम्बन्ध विच्छेद गरी बसेको र दुई छोरी रहेको बुद्धिमायाले बताएकी थिइन्।कुराकानीको क्रममा बुद्धिमायाको पीडा देखेर हिमालले दुबईमा रहँदै विवाह गर्ने बताएका थिए।त्यसपछि विदेशबाट आएर हिमालले विवाह पनि गरे।तर,विवाह गरेको ७ महिनापछि फेरि पूर्व श्रीमान भूपालसँग भएभरको सम्पत्ति लिएर गएपछि यतिबेला आँशु झार्दै मिडियामा आएका छन्।

प्रतिक्रिया