त्यो हत्यारा त्यो बलात्कारी
मथिंगल भरि कपट लिएर
पुरुषार्थको दम्भ बोकी
जब गल्छी र गौडा ढुकी बस्छन
तव फक्रनै लागेका कोपिलाहरू
खुम्चिएर फेरी गर्भाशय मै फर्कन खोज्छन
तर प्राकृतिक नियम छ उनीहरु फक्रनु पर्छ
उजाड निरस धर्ति आकाशलाई सुगन्ध छर्नु पर्छ
नया उर्जा र उमंग छर्नु पर्छ
यहि नियम मान्दै उनीहरु
रातो गुलाब झैँ फक्रन्छन, चमेली जसरी हर्हराउछ्न
त्यो लहलहाउदो भर्भराउदो सुगन्धित मन्जरी देखि
एक जोर आखा जल्छ्न,काम बासनाको भोग
मोह जागेर नरकी सोचमा बदलिन्छन ,
बन्ध हुन्छन चारै ढोका ,शुन्य हुन्छ चेतना
अनि राक्षसी रुपमा दाह्रा निकाल्दै
बाघले झम्टिए सरि झम्टन्छन
आफ्ना यौन तृप्तिको लागि
तेती बेला बिर्सन्छन,आफ्नी बुढी आमा
बहिनी ,तामाकी मुना जस्ती ओठ निचार्दा दुध आउने
बालिका छोरी र उसकी आमा
जाइ लाग्छ निसन्देह आफ्ना क्षणिक स्वार्थमा
उ निर्लिप्त हुन्छ उसको रौद्रा रुप देखा पर्छ
भोग गर्छ र एउटा प्रण निल्छ
सदाको लागि
एक हत्यारा ,बलात्कारी राक्षस
खुले आम हिड्छ गल्छी गल्छेडा र चौबाटो ढुक्दै
उसकै हुन्छ समाज
उसकै हुन्छ नयालय
त्यो हत्यारा त्यो बलात्कारी
प्रतिक्रिया