युद्ध र क्रान्तिले चुमे द फेसको अवार्ड ब्युटी न्युज नेपाल

इनेप्लिज २०७७ माघ २६ गते ११:०५ मा प्रकाशित

काठमाडौं,

‘द फेस’ प्रतियोगितामा पुरुष मोडल तर्फ युद्ध बानियाँ र महिला मोडल तर्फ क्रान्ति चन्द उत्कृष्ट भएका छन्।ब्यबसायिक मोडल जन्माउने उदेश्यले आयोजित मोडलिङ सम्बन्धि प्रतियोगिता ललितपुरको झम्सिखेल स्थित अर्बन पार्टी हबमा सम्पन्न भएको हो।ग्रान्ड फिनालेमा आफ्ना २६ जना प्रतिस्पर्धीहरुलाई जितेर युद्ध र क्रान्ति ‘द फेस’ मोडलको उपाधि चुम्न सफल भएका हुन्।

यस्तै सो प्रतिस्पर्धामा फस्ट रनरअपको उपाधि कृपा अधिकारी र शितल श्रेष्ठले, सेकेन्ड रनर अपको उपाधि स्विकृति प्याकुरेल र हेमन जोशीले जिते।यसै गरी द फेशको अन्य उपाधि तर्फ बेस्ट फेन्ड्ली अवार्ड कृपा अधिकारी र हेमन जोशीले, फोटोजेनिक अवार्ड निर्मला धिताल र नारायण प्याकुरेलले,क्याटवाक अवार्ड क्रान्ति चन्द र सितल श्रेष्ठले, बेस्ट स्किन एन्ड हेयर अवार्ड ब्रबिम श्रेष्ठ र अस्मिता बरालले, बेस्ट फिजिक अवार्ड आशिष गिरी र कृपा अधिकारीले, पब्लिक च्वाईस सँगै बेस्ट फर्सनालिटी अवार्ड युद्ध बानियाँ र सोफिया भण्डारीले, पपुलर च्वाईस अवार्ड सुर्जिना श्रेष्ठ र युद्ध बानियाँले हाँसिल गरे।

वि क्यान फ्लाई इभेन्ट म्यानेजमेन्ट कम्पनीले शनिबार अबेर राती आयोजना गरेको सो प्रतियोगिताको विशेष निर्णायकमा अभिनेता अनुप बिक्रम शाही तथा निर्णायकहरुमा मोडल सृजना रेग्मी, क्रिकेटर बिनोद दाश, अग्रज फोटोग्राफर राजभाई सुवाल थिए।

झम्सिखेलको अर्वन पार्टी हबमा सम्पन्न यो प्रतियोगितामा एक दर्जन डिजाईनरहरुको नयाँ फेशन डिजाईन प्रतियोगीहरुले र्याम्पमा प्रस्तुत गरेका थिए। ह्युमन फिट क्राफ्ट, रिबेल डे, फेसन आमयारा, सोच बाई सुब्बा,लोगो फेशन,लेडी बोस, त्रिदेबीलगायतले तयार गरेको पहिरनहरुमा सजिएर प्रतियोगीहरु र्याम्पमा उत्रिएका थिए।

आयोजक तथा वी क्यान फ्लाईका सिईओ सम्सद शाहले नयाँ पुस्ताबाट कुशल र व्यबसायिक मोडल जन्माउन यो प्रतियोगिता आयोजना गरेको कार्यक्रममा बताए ।

अजय गुरुङले सञ्चालन गरेको यो प्रतियोगिताको इभेन्ट कोअर्डिनेटरमा समीक्षा हुमागाई, मोडल कोअर्डिनेटरमा शर्मिला नेपाल र प्रशिक्षकमा सृजल बिक्रम शाही थिए।

द फेसका बिजेताहरुलाई आयोजक पक्षले विभिन्न फेशन तथा र्याम्प शोमा प्रस्तुत गर्नुका साथै मोडलिङ सम्बन्धि अबसर प्रदान गर्ने कार्यक्रम सँयोजक समीक्षाले बताईन्।

द क्यानन फ्युजन बार र सान्मिगलको सहकार्यमा सम्पन्न सो प्रतियोगितामा प्रतियोगीहरु, समर र विन्टरका फेसनमा विभिन्न सिक्वेन्समा प्रस्तुत भएका थिए ।

 

दर्शकबृन्द

नमस्कार

ब्युटी न्युज नेपालमा हार्दिक स्वागत गर्दछु।म सरिता भारती दर्शकबृन्दअभिनेता राजेश हमाललाई यहाँहरुले लामो समयदेखि महानयकको रुपमा सम्बोधन गर्दै आउनु भएको छ।धेरै फिल्ममा उनको जोडी भएकी नायिका करिश्मा मानन्धरका फ्यानहरुका लागि साह्रै खुसीको खबर छ।किनकी राजेश हमालकै उपस्थितिमा अभिनेत्री करिश्मा मानन्धरलाई महानायिका घोषणा गरिएको छ।त्यो पनि महानायक राजेश हमालले नायिका करिश्मा मानन्धरलाई महानायिकाको स्यासे लगाईदिएर यो महानायिकाको उपाधि दिएका छन्।करिश्मालाई किन,कहाँ र कसरी महानायिका घोषणा गरियो त ?राजेश हमालले नै उनलाई किन महानायिकाको स्यासे लगाएर उपाधी प्रदान गरे त ? यसै प्रसँगमा यहाँ एक रिपोर्ट तयार गरेका छौं । यो रिपोर्ट कस्तो लाग्छ ? सही प्रतिक्रिया दिनु होला।साथै यसलाई लाईक र शेयर पनि गर्नु होला । ब्युटी न्युज नेपाललाई सस्क्राईब गर्नुका साथै नयाँ नयाँ भिडियो प्राप्त गर्नका लागि सस्क्राईबसँगै रहेको घन्टी थिच्नु होला।

दर्शकबृन्द,अभिनेत्री करिश्मा मानन्धरले २०४५ सालमा चलचित्र ‘सान्तन’बाट नायिकाको रुपमा डेब्यु गरेकी थिईन् । उनले चलचित्र बृत्तमा काम गरेको ३२ वर्ष भयो।तीन दशक भन्दा लामो समयदेखि नायिकाको रुपमा अनबरत तरिकाले काम गर्दै आएका र अहिलेसम्मकै सबैभन्दा धेरै सफल चलचित्रमा काम गरेको भन्दै करिश्मा मानन्धरलाई महानायिकाको उपाधि प्रदान गरिएको छ।

अभिनेता राजेश हमालको विशेष आतिथ्य तथा सञ्चार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा आर के इन्टरट्रेनमेन्टले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा करिश्मा मानन्धरलाई महानायिको उपाधि प्रदान गरिएको हो । राजेश हमाल महानायक भएकाले कार्यक्रममा हमालबाटै करिश्मालाई महानायिकाको स्यासे लाउन लगाईयो।यसो गर्दा अझ आधिकारिक हुने आयोजक पक्षको जनायो।

अभिनेता राजेश हमाललाई पनि आफुहरुले महानायकको उपाधि प्रदान गरिएको र उनको जोडी बनेर धेरै हिट फिल्म नेपाली चलचित्र उधोगलाई दिएकी अभिनेत्री करिश्मा मानन्धरलाई सोही कारण महानायिकाको उपाधि प्रदान गरिएको सो संस्थाका अध्यक्ष राम केसी ‘लक्की’ले बताएका छन्।
समारोहमा अभिनेत्री करिश्मा मानन्धरलाई महानायिका देखिएको स्यासे र क्राउन लगाएर महानायिका घोषणा गरियो।उनलाई राजेश हमाललगायतले महानायिका घोषणा गर्दै बधाई ज्ञापन गरे।

उनलाई प्रदान गरिएको यो उपाधि यहाँहरुलाई कस्तो लाग्यो।नेपाली चलचित्र उधोगमा महानायिका घोषणा गर्न आबस्यक थियो की थिएन।यो उपाधि करिश्मालाई नै दिनु सही हो की अन्य नायिकालाई दिनु पथ्र्यो।यसै विषयमा यहाँहरुले कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिनु होला।उनलाई महानायिका घोषणा गरिएको कार्यक्रमको दृष्य यहाँ प्रस्तुत गरिएको छ।

 

 

प्रतिक्रिया