कठिन यात्रा

इनेप्लिज २०७७ माघ २५ गते १७:५३ मा प्रकाशित

कहिले अनकन्टार भिर आयो यात्रामा
फड्को लामाे उठाईयाे
सहज बनाईयाे यात्रा
गहिरा नदीहरु आए बिना पुलका
फटाफट हिंडियाे
नदीका पानीहरु माथि
सहज बनाईयाे यात्रा
काँडा नभेटिएका हाेईनन् यात्रामा
तिखा पैतालाहरुले कुल्चिएर
सम्याईयाे काँडाहरु
अनि सहज बनाईयाे यात्रा
गहिरा खाईहरु आए तर्साउन
आफैले तर्साइयाे
आँटहरु तेर्स्याएर
आशारू बिछ्याएर
ढुंगा बर्सिए
जवाफमा फूल बर्साईयाे
तर आज
बाटोहरु सहज छन्
धेरै पुलहरु नि बनिए
फूलहरु फुलेका छन् खाडल पुरियाे
आखिर किन सहज छैन यात्रा?
आखिर किन सहज छैन यात्रा??
साँच्चै
मलाई भए जस्तै तपाईंलाई त भा छैन हाेला है ???

प्रतिक्रिया