NRNA Membership Verification Question and Answer

Enepalese Published on: February 7, 2021

आदरणीय सबैमा नमस्कार,

गैर आवासीय नेपाली सङ्घ, अमेरिकाको सदस्यता दर्ताको समय फेब्रुअरि १५ सम्म रहेको सम्बन्धमा हामी सबै जानकार नै छौँ।सदस्यता दर्ता दिन प्रति दिन बढ्दै गइरहेको अवस्थामा सदयता दर्ता तथा सदस्यता भेरिफिकेसन सम्बन्धी प्रश्नहरू पनि प्रशस्त प्राप्त भएका छन्।एनआरएन एनसिसि युसए को अनलाइन सदस्यता आवेदकहरूको भेरिफिकेसनको काम यथाशिग्र गर्दै गर्दा हामीलाई अहिलेसम्म आइपरेका केही समस्या, प्रश्न र तिनका समाधान र उत्तरहरू यहाँ पेस गरिएको छ।तल दिइएका प्रश्न तथा उत्तर ले यहाँहरूको जिज्ञासालाई अबस्य सहयोग पुग्ने छ।

१. मेरो Membership Application (मेम्बर्सिप आवेदन) अहिलेसम्म किन Approve (अप्रुभ) भएन ?
– यदि तपाईँले अनलाइन बाट सदस्यता शुल्क तिरी सक्नु भएको छ तर आवेदन दिएको पाँच दिन भन्दा बढी समय सम्म पनि तपाइको सदस्यता अझैसम्म General Members ( मेम्बर्शिप डाइरेक्टरी : https://www.nrnusa.org/membership/general-members/list/2021-23) तथा Lifetime Members (मेम्बर्शिप डाइरेक्टरी : https://www.nrnusa.org/membership/lifetime-members/list)
मा देखिएन भने कृपया तपाइले आवेदन दिँदा प्रयोग गरेको इमेलमा गएर हेर्नुहोला, त्यहाँ [email protected] बाट कुन कारणले गर्दा मेम्बर्शिप अप्रुभ भएको छैन भनेर तपाइलाई इमेल गरेको हुन सक्छ । इमेल तपाइको स्पाम फोल्डरमा गएको पनि हुन सक्छ, त्यसैले कृपया स्पाम फोल्डरमा पनि गएर हेर्नु होला ।

२. तपाईँको सदस्यता निम्न कारणहरूले गर्दा अप्रुभ नभएको हुन सक्दछः
– तपाईँले पेमेन्ट गर्नु भएको छैन ।

– तपाईँको फोटोमा पूर्ण अनुहार देखिएन वा प्रस्ट छैन ।
– फोटोको ठाउँमा आइडी अथवा आइडी को ठाउँमा फोटो छ ।
– आवेदन दिँदाको दिनसम्म तपाईँको आइडी एक्सपाएर(Expire) भैसकेको छ ।
– तपाईँले अपलोड गर्नुभएको ID प्रस्ट छैन वा Required ६ मध्यको कुनै एक Valid र current document upload भएको छैन।

३. तपाईँको फोटो र आइडी फेरी अपलोड गर्न के गर्ने ?
-फोटो वा आइडी पुन: अपलोड गर्न आफ्नो एकाउन्टमा साइन-इन (https://nrnusa.org/membership/login/) गर्नुहोस् र त्यहाँ गएर फोटो, आइडी पुन: अपलोड गर्न सकिन्छ।

४. फोन नम्बर वा इमेल चेन्ज गर्न के गर्ने ?
-फोन नम्बर वा इमेल चेन्ज गर्न पनि आफ्नो एकाउन्टमा साइनइन गर्नुहोस् र त्यहाँ गएर फोन नम्बर वा इमेल चेन्ज गर्न सकिन्छ।

५. मेरो नामको स्पेलिङमा गल्ती भयो? कसरी सच्याउने?
-कृपया [email protected] मा इमेल गर्नुहोला । इमेल गर्दा आफ्नो फोन नम्बर र सदस्यताको लागि आवेदन दिँदा प्रयोग गरेको इमेल पनि लेख्न नभुल्नुहोला ।

६. एक पटक २०२१-२३ term को निम्ति “general” membership renew भैसकेको वा approve भई सकेको छ र अब Lifetime membership मा जान मन लागेमा अर्को term को renew गर्ने समयमा मात्र त्यो सम्भावना रहनेछ।

७. अन्य प्रश्न भए के गर्ने?
कृपया [email protected] मा इमेल गर्नुहोला । इमेल गर्दा आफ्नो सदस्यताको लागि आवेदनदिंदा प्रयोग गरेको इमेल बाट गर्नु होला ।

थप प्रस्नहरूका लागी तलको लिंकमा जानुहोसः
https://docs.google.com/document/d/1utYOUG4INYbkVGEqukIGmebk0IG2fnvv6d3UtErb2vo/edit?usp=sharing

कृपया यो सन्देश सम्पूर्ण एनआरएनको मेम्बर बन्न चाहनेहरू र सरोकार राख्ने सबैमा शेयर गरिदिनुहुन अनुरोध गरिन्छ ।

Membership verification संग सम्बन्धित कुनै पनि प्रश्न र सवालहरू भएमा कुनै पनि बेला सम्बन्धित प्रत्यक्ष सरोकारवालाहरूले हामीलाई एक मात्र माध्यम “EMAIL” ([email protected]) मार्फत सम्पर्क गर्न सक्नुहुनेछ।

धन्यवाद ।

Membership Verification Committee
NRN NCC USA