फेरी निर्मला पन्तलाई सम्झाउने घटना घट्यो बैतडीमा, कक्षा १२ मा पढ्ने किशोरी यस्तो अवस्थामा भेटिईन्, कसरी भयो यस्तो ?

इनेप्लिज २०७७ माघ २५ गते ३:०७ मा प्रकाशित

सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्ने भागिरथी भट्ट बुधबार बिहान १० बजे विद्यालय गएकी थिइन्।तर,साँझसम्म घर नफर्के पछि उनको खोजी तीब्र पारिएको थियो।बिहीबार (माघ २२ गते) बेलुका उनको शव स्थानीय लबलेक सामुदायिक वनको झाडीमा भेटिएको थियो।

बलात्कारपछि विभत्स तवरले हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ।घटनाको प्रकृतिले पनि त्यही देखाएको प्रहरीले जनाएको छ।यद्यपि,भेजाइनल स्वाब लगायत आवश्यक नमुना परीक्षणको नतिजा आएपछि मात्रै वास्तविकता खुल्ने प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानको लागि सीबीआईको टोली समेत परिचालन गरिएको छ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले एसएसपी जनकराज पाण्डेको नेतृत्वमा अर्को टोली समेत खटाएर घटाको सुक्ष्म अनुसन्धान गरिरहेको छ।घटनास्थलमा तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको प्रहरीले जनाएको छ।भागरथीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ।

हेर्नुहोस माघ २५ गतेका मुख्य समाचारहरु :

प्रतिक्रिया