शुक्रबार नारायणहिटी अगाडि आयोजना गरिएको आमसभामा बोल्दै गर्दा ओलीले मञ्चबाटै आँशु पुछे।प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाका अनुसार जनसागर देखेर भावुक बनेपछि प्रधानमन्त्रीले आँशु खसालेका हुन्।तर, स्वयं ओलीले चाहिँ ‘चिसोले गर्दा आँशु आएको’ बताएका छन् ।
प्रधानमन्त्रीले भाषण गर्दैगर्दा उनको समर्थनमा सहभागीहरुले केहीबेर हुटिङ गरेका थिए।हुटिङलाई हात हल्लाएर समर्थन जनाएका प्रधानमन्त्रीले पानी पिए। त्यसपछि कालो चश्मा खोलेर आँशु पुछे।प्रधानमन्त्री ओलीले चिसोका कारण आँशु आएको बताएका छन्।आँशु पुछ्नुअघि उनले माइकबाट सुनिने गरी भनेका थिए, ‘चिसोले आँखामा नि आँशु आयो।’
तर प्रधानमन्त्रीकै प्रेस सल्लाहकार थापाले टि्वटरमा लेखेका छन्, ‘नारायणहिटी संग्रहालय गेट अगाडिको जनसागर।प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको साथमा भावुक बन्दै आँसु नै खसाल्नुभयो।जनता साथमा भएपछि कोही दुष्टहरूको पनि केही चल्दैन।चेतना भया ।
’हेर्नुहोस आज माघ २४ गतेका मुख्य समाचारहरु
प्रतिक्रिया