सत्ता र कविता

जगन्नाथ पाैडेल, अमेरिका २०७७ माघ २३ गते १:१६ मा प्रकाशित

ऊ आयाे

मैले चुह्लो फुक्न बिर्सेर

जाेरिबसेका

कविताका मुठा फुकायाे

सलाईकाे काँटी झाेस्याे

बन्दुककाे बारुद ठाेस्याे

तर

कविता मरेनन्

ठिङ्ग उभिए

उसले

आफ्नै आगाेमा जल्नुअगाडि साेच्याे,

कविता त

डरलाग्दाे भूत पाे रहेछ ।

-जगन्नाथ पाैडेल, अमेरिका

 

प्रतिक्रिया