पूजाले भुलाउन सकिनन् आकाशको याद

इनेप्लिज २०७७ माघ २२ गते १०:५९ मा प्रकाशित

काठमाडौं।अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो ‘पुरानो घाउ’ सार्वजनिक भएको छ।लोकप्रिय गायिका अञ्जु पन्तको स्वर रहेको गजल गीत ‘पुरानो घाउ’ शब्द चन्द्र प्रसाई ‘परिस्कृत’ले कोरेका हुन्।गीतकार प्रसाईका यस अगाडि प्रेमको कथा, कथा मृत्युको लगायतका गीत हिट छन्।

सन्तोष श्रेष्ठले संगीत भरेको गीत मेलोडियस शैलीमा तयार पारिएको छ। गजल सुन्दा आनन्द लाग्छ।गीतमा बिष्णु अधिकारीको एरेन्ज,विश्व अधिकारीको रेकडिङ, मिक्सिङ र मास्टरिङ ।

देवेन्द्र पाण्डेले निर्देशन रहेको भिडियोमा आकाश र पुजालाई निकै आकर्षक तरिकाले उतारिएको छ।गीत मार्फत गीतकारले प्रेमीले प्रेमीकालाई पुराना प्रेमका याद भुलाएर जिन्दगी नयाँ तरिकाले अगाडि बढाएर सुखमय बनाउन प्रेरणा दिएका छन्।भिडियोमा पनि यस्तै कथा बुनिएको छ।

पछिल्लो समयका ब्यस्त निर्देशक पाण्डेको हरेक भिडियोमा फरक पन पाउन सकिन्छ । यो भिडियोमा पनि उनले केही फरक दिने कोसिस गरेका छन्।इनाक्षी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा उत्सव दाहालको छायाँकन, बिकाश दाहालको सम्पादन छ।भिडियोका प्रोडक्सन म्यानेजर दीपेन गौतम हुन्।

प्रतिक्रिया