कविता:पर्ख घाम लाग्न देऊ ,

सुशील नेपाल २०७७ माघ २१ गते ११:१६ मा प्रकाशित

अहिले हेर्छु, सेतो साडी लगाए झैं यो शहर विरक्त देखिन्छ,
रूखहरू लोलाएका छन् ,
घाम लुकेको छ,
भिजेको विरालो जस्तो दुई चार वाहान कुदेका छन्
रमाईलो तर नरमाईलो हिऊंका थुम्काहरू ,
थुपारिएका छन्,
गौंडा गौंडामा,
तिमी पर्ख, चित्त नदुखाऊ,
दिन एकनास हुदैंन, दिन फर्कन्छ,!
एकदिन घाम लाग्छ,
हामी पार्कमा जाऔंला,
शालिक माथि वसेका चराहरू देखेर रमाऔंला,
तिम्रा रक्तिम गालामा घामको न्यानो ले,
एउटा विचित्रको रोमान्च,
अवश्य जन्माउने छ,
मेरो उमेरमा मैले तिम्रो हात विस्तारै समाएर तनक्क छाती तन्काउंदा,
तिमी लाज मानेको झै गर्नु ,
ति सेतो वस्त्र फ्यांकेर यो शहर फेरि
रंगीन हुनेछ,
लोलाएका हिऊ हरू पग्लेर पानी पानी
हुने छन् ,
अनि त छदैं छ,
यो शहर तिमी र म,
पर्ख घाम लाग्न देऊ ,!!

– सुशील नेपाल

२/२/२१
राजमित्र प्रांगण,
माल्डेन,(बोस्टन)
अमेरीका ।

सुशील नेपाल

लेखक /साहित्यकार

प्रतिक्रिया