मिस एण्ड मिस्टर रौनियार प्रतियोगिता हुने

इनेप्लिज २०७७ माघ २० गते २३:०३ मा प्रकाशित

विराटनगर,

मुलुकभरीका छरिएर रहेका तराईबासी समुदाय रौनियार युवायुवतीका मनोबल वढाउन मिस एण्ड मिस्टर रौनियार–२०७७ हुने भएको भएको छ।

एमी इन्टरटेन्टमेन्ट प्रालि काठमाडौद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ को अडिसन यही माघ २४ गते विराटनगरमा गर्ने जानकारी दिइयो। इन्टरटेन्टमेन्टका कार्यक्रम संयोजक भरत रौनियरले विराटनगर,इटहरी,धरान, झापा क्षेत्रका रौनियार समुदायका १६ वर्षदेखि ३० वर्षका अबिवाहित युवायुवतीहरुको अडिसनमा सहभागिता रहने बताउनु भयो।

आगामी फागुन महिनाको दोश्रो हप्तामा काठमाडौमा गरिने दोश्रो मिस एण्ड मिस्टरको अन्तिम चरणको प्रतियोगिताका लागि अघि नै प्रदेश नं २ र वागमतीको लागि छनौट कार्य सम्पन्न भैसकेको जानकारी दिइयो।

प्रतियोगितामा उपाधि विजेता तथा उपबिजेताहरुलाई आकर्षक पुरस्कार सहित म्युजिक भिडियोमा कला प्रस्तुत गर्ने अवसर प्रदान गर्ने व्यवस्था मिलाइएको संयोजक रौनियारले जानकारी दिनु भयो।

रौनियार समाज विराटनगरका अध्यक्ष रामनरेश साहले रौनियार युवायुवतीको भित्र लुकेर रहेको प्रतिभा प्रस्फुुटन गराउन प्रतियोगिताले सहयोग पु¥याउने विचार व्यक्त गर्नु भयो।

प्रतियोगिता सम्पन्न गर्नका लागि करीव रु ४० देखि ५० लाख खर्च लाग्ने सोही अवसरमा जानकारी दिइयो।

प्रतिक्रिया