पार्टी बसमा स्टाण्डअप कमेडी

इनेप्लिज २०७७ माघ १९ गते २३:२६ मा प्रकाशित

नेपालमा अहिले युवा देखि बृद्धसम्म स्टाण्डअप कमेडीको क्रेज बढीरहेको बेला पहिलो पटक मण्डला होलिडेजले नेपालको नं.१ कमेडि क्लब नेप–ग्याजम सँग सहकार्य गर्दै पार्टी बसमा चर्चित स्टाण्डअप कमेडियन्सलाई भोटेकोशी लगी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको नेप–ग्याजमका कम्पनी डायरेक्टर शरद श्रेष्ठले जानकारी दिनु भएको छ।उक्त कार्यक्रम यही माघ २३ गते शुक्रबारका दिन हुनेछ भने कार्यक्रममा लेखमणी त्रिताल,उमेश कुमार गौतम (-UKG) खतिवडाको प्रस्तुति रहने छ।

मण्डला होलिडेज जसले केही वर्ष देखि नेपालको टुरिजम क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आइरहेको छ।बिगतका केही समय देखि COVID को कारणले सबै व्यापार व्यवसायलाई असर पारेको अवस्थामा अहिले नेपग्याजमसँगको सहकार्यमा पहिलो पटक पार्टी बसमा यसरी स्टाण्डअप कमेडीको आयोजना गर्न लागेको हो साथै उक्त पार्टी बसमा नाम जस्तै पार्टी, डान्स, म्यूजिक, ड्रिङस सबै हुने र भोटेकोशी पुगेर राम्रो खाने बस्ने पनि सुविधाको साथै स्टाण्डअप कमेडी सँग सँगै beach games पनि रहेको हुदाँ हास्य प्रेमी दर्शकहरु समयमै आफ्नो सिट बुकिङ्ग गरि पार्टी बसका साथै भोटेकोशीमा रमाइलो गर्न आयोजकले अनुरोध गर्नुभएको छ ।

पार्टी बसमा सिट बुकिङ्गको लागि सम्पर्क गर्ने नम्बरहरु :

कार्यालय : ०१–४२८३२४६

सुरेश अर्याल : ९८५११९४७६४

सुजन केसी : ९८६०३०२८००

निखिल मानन्धर : ९८६०११८९२८

किरण श्रेष्ठ : ९८४९११२४४२

 

प्रतिक्रिया