अमरको ॐ नम: शिवाय भजन सार्वजनिक

इनेप्लिज २०७७ माघ १९ गते २२:४४ मा प्रकाशित

भगवान भक्ति मान्छेहरूको आस्था हो।भगवान बाट अलग सायद संसारमा कोही पनि छैन।दु:खसुखमा मात्रै हैन हर्ष,उमंग,पर्वहरूका साथ साथै मनमा त्रास अनि चिन्ताबाट मुक्ति पाउन,मनलाई शान्त गर्न भजनले ठुलो मद्दत गरेको हुन्छ।सँधै मन्दिरहरूमा, रेडियो,टेलिभिजन लगाएत अन्य माध्यमहरूबाट भजनको श्रवण गर्दा शान्तिको महसुस हुन्छ।मनको शान्ति भगवानप्रतिको लगाव भगवान शिवको भजन साहित्यकार सुरेन्द्र महर्जन”अमर” को रचना/स्वर रहेकोे भजनमा शान्ता कार्की र मुस्कान राईले साथ दिएको ”ॐ नम: शिवाय जप्दै भक्तिको मार्गमा लागौं” भजनको म्युजिक भिडियो सार्वजनिक भएको छ।

कल्पना अर्याल, सुरेन्द्र महर्जन, देशनरेश अधिकारी लगाएतको अभिनय एवं भक्तिभाव सार्वजनिक भिडियोमा रहेको छ । भजन गायनमा सुरेन्द्र महर्जनलाई गायिकाहरू शान्ता कार्की,मुस्कान राई आदिले साथ दिएको छ।संगीतकार राम कार्कीको संगीत अनि ओएस नेपालको प्रस्तुतिमा रोशन कुमारको निर्देशनमा रहेको भजनको म्युजिक भिडियो सुदिप पंगेनीले छाँयाकन गरेको र दिप गुरुङबाट इडिटिङ्ग गरेको थियो।सार्वजनिक भिडियो दर्शन एल्बममा रहेको भजनहरू मध्यको एउटा भजन हो।

प्रतिक्रिया