कविता:यदाकदा ,

रामप्रसाद खनाल २०७७ माघ १८ गते ३:४३ मा प्रकाशित

 

यदाकदा झझल्को आउंदा,
त्यो झरेको पातमा कोही हिडे जस्तो लाग्छ,
बढे जस्तो लाग्छ, मै तिर,
पदचापले चूपचाप कौतुहल जन्माउंछ,
सपना त होईन होला,
भ्रम पनि नहोला,
उन्को म सित समाहित हुने चाहाना उता,
यता मेरो व्याकुलता,
ति पाईला यतै वढेको आभाष हुन्छ
यदाकदा,

चीसो वतासको उत्ताउलो वेगमा ,
झुलिरहेका ति रूखहरू,
हिऊंमा झकमक्क गहना लगाएर
नाचेको पो देख्छु म ,

यो मौषममा तातो स्वाँसको चाहानाले,
म मा समाहित हुन खोजेको त्यो को होला,?

यो भ्रम हो भने पनि ठीकै छ,
म त्यसै त्यसै खुशी हुन्छु,
यदाकदा !!

राजमित्र प्रांगण,
माल्डेन,बोस्टन,
अमेरीका

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया