नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।
शनिबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बहुमत पाएको प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न नपाउने बताए।संविधानको ७६ (१) र (२) अनुसार बसेको प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न पाउँदैन भनेर सबैले भनेको भन्दै उनले भने,‘संसद पुनर्स्थापना हुन्छ,केपी ओलीको बहिर्गमन हुन्छ, त्यस बाहेक अर्को विकल्प छैन।’
अघि भने,‘केपी ओली अस्ताउँदा सूर्य हुन्,त्यसैले अर्को पार्टी खोले एमाले।त्यो पार्टीको चिन्ह डाँडामा अस्ताउँदो सूर्य छ।त्यही अस्ताउँदै गरेको सूर्य बोकेर ओली विदा हुँदैछन्।’ हेर्नुहोस माघ १८ गतेका मुख्य समाचारहरु
प्रतिक्रिया