प्रत्येक बिहानीको मिरमिरे उज्यालो किरणसंगै उदाउने नयाँ सिर्जनाले जिन्दगीलाई सार्थक तुलाउदै रमाई रहनुभएको छ देशकै पहिलो र एकमात्रै वनस्पति चित्राकार मिलन शेरचन।समय मिलाएर मौषम अनुसारको झारपात संकलन गर्नु, सुकाउनु, उठाउनु, रंगाउनु अनि त्यहि झारपातलाई आकर्षक तरिकाले क्यानभासमा जीवन्त दिनु उहाँको दिनचर्या हो।
पोखरा महानगरपालिका माछापुच्छ्रे मार्गस्थित उहाँको निवासमा प्रबेश गर्नासाथ आँगनमा टन्न झारपात सुकाईएका र कार्टनु र बोराहरुमा ब्यवस्थित गरिएको देख्न सकिन्छ।लामो समय टिक्ने,सुकेपछिपनि कपडा जस्तै झट्ट नच्यातिने चिउरे घाँस,बावियो,सिरु,बाह्रमासे फूलका पातहरु लगाएत उहाँको कलामा बढी प्रयोग हुने बनस्पति तथा झारहरु हुन्।यता बरण्डा,बाथरुम,ट्वाईलेट लगाएतमा भने हातले चिटिक्क पारेर बनाइएका फुलका गमला टोकरी र भित्ताभरी चित्रहरु टाँसिएको देख्दा लाग्छ कुनै चित्र संग्रालयमा प्रवेश गरेका छौ।
बुबा झपट बहादुर भट्टचन र आमा यम कुमारी भट्टचनको कोखबाट २०२१ साल फाल्गुन २१ गते पोखरा स्थित गणेशटोल नालामुखमा उहाँको कान्छी छोरीका रुपमा जन्म भएको थियो।उहाँको हजुरबुबा भीमबहादुर भट्टचन धनशमशेर जबराको मोहरियाटोलस्थित दरबारमा सीतारावादक र तवलाबादक थिए।बुबा पनि हस्तकलामा पोख्त हुनुहुन्थ्यो।
कला र संगितमा पारिवारिक पृष्ठभुमि भएरपनि होला उहाँमा पनि सानैदेखि शिर्जनसिलतामा लगाव बढदै गयो । उहाँ चित्रकलामा मात्र नभै साहित्य र संगितमा पनि उत्तिकै रुचि राख्नुहुन्छ।
विसं २०३४ मा मकैको भुत्लाबाट बनाएको पुतलीको चित्र राम्रो भएको भन्दै पोखरेली युवा सांस्कृतिक परिवारले महिला तथा बालबालिका हस्तकला प्रदर्शनीमा उहाँलाई पुरस्कृत गर्यो।त्यसपछि २०४१ सालमा पनि उनले पुरस्कार पाउनु भयो । उहाँको ऊर्जा झनै बढ्यो । त्यसपछि पोखराका स्थापित कलाकारसँग उहाँको संगत बढ्दै गयो।
कलाकार बुद्धि गुरुङले उहाँलाई चित्रकलाको बारेमा सिकाए । चित्रकलाको ज्ञानले स्तरीय सिर्जनाका लागि मिलनलाई हौस्यायो । यही हौसला कै कारण उहाँले पहिलोपटक २०५८ सालमा थकाली सेवा समिति नदीपुरमा पहिलो एकल चित्रकला प्रदर्शनी आयोजना गरे । सोचेभन्दा धेरै दर्शक आए।कलाको निकै प्रशंसा भयो । सोहि समयदेखि उनि ब्यवसायिक रुपमै क्यानभासमा चित्रहरुलाई जीवन्त दिन थाल्नुभयो।यही प्रेरणाले उहाँले पोखरा र काठमाण्डुमा लगातार चार वर्षसम्म एकल चित्रकला प्रदर्शनी आयोजना गर्नुभयो । सामूहिक चित्रकलामा भने उहाँ दर्जनौँपटक सहभागिता जनाई सक्नु भएको छ।
ठुलो दाई डा.कृष्ण बहादुर भट्टचन अमेरिका अध्ययनको सिलसिलामा रहदा उहाँले पनि अमेरिका जाने मौका पाउनुभयो र २०४७ सालमा अमेरिका प्रस्थान गर्नुभयो।अमेरिका बसाईको १८ महिनापछि उहाँ जापान जानुभएको थियो।
जापानको ५ बर्षे बसाईको अवधिले नै उहाँलाई ब्यवसायिक चित्राकार बनाएको हो ।जापान बसाईका क्रममा साईतो भन्ने साथीसंग एउटा कलाप्रदर्शनीमा पुग्नु भयो । सोही कलाबाट प्रभावित बनि अठोट गर्नु भयो यो कला सिकेर आफनै देशका नागरिकलाई पनि सक्षम चित्रकार बनाउछु भन्न्।१ घण्टाको १० हजार शुल्क तिरेर नोहारा उमि नामक जापनिज गुरुआमाबाट २ दिनमा चारपटक हानानो ओसिवाना तालिम लिनुभएको थियो।हानानो ओसिवाना जापनिज शब्द हो यसलाई नेपालीमा सुकाइएका बनस्प्ति अर्थात झारहरुलाई क्यानभासमा कलात्मक चित्र बनाउनु हो।
प्रयोगात्मक सिपमा विश्वास गर्ने देश जापानमा सिकेको उक्त हानानो ओसिवाना सिपले नै उहाँलाई अहिले कला क्षेत्रमा फरक पहिचान बनाउन सफल बनाएको छ।
जापान बसाईकै क्रममा २०५१ सालमा मुस्ताङ्ग लेते पुखौली थलो भएका सत्यनारायण शेरचनसंग उहाँको विवाह भएको थियो । २०५१ सालमा नेपाल फर्किएर उहाँ अहिले एक छोरा र एक छोरी गरि ४ जना सुखि परिवारसंगै आफ्नो कलालाई निरन्तरता दिइरहनु भएको छ । भन्नुहुन्छ, उहाँले आफ्नो नशा नशामा सिर्जनसिलताको रगत बगिरहेको छ ।
चित्रकार मिलनको हसिलो र मिलनसार स्वभाव उहाँको नामसंग ठ्याक्कै मेल खान जान्छ।साथीभाई ईष्टमित्रहरुसंग छिट्टै घुलमिल भएर सदावहार मित्रवत सम्बन्ध कायम गर्ने सक्ने उहाँको अर्काे कला हो।देशका विभिन्न तह र तप्काका ब्यक्तिहरुलाई देश, समाज, परिवार र व्यक्तिलाई सकरात्मक मार्गतर्फ दोहोराउने र खबरदारी गर्ने दायित्व हुन्छ।
त्यसै क्रममा कलाकार शेरचनले नेपालको नक्सा सम्बन्धि पछिल्लो राष्टिय मुद्धालाई साथ दिदै लिपियाधुरा र कालापानीलाई समेटेर पिपलको पातबाट नेपालको नक्सा बनाएर कलाकारिता मार्फत आवाज उठाउनु भएको छ।यस बर्ष लकडाउनको समयमा उनले बनाएको लिम्पियाधुराको बनस्पति चित्रले नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान हस्तकला विभागबाट विनेपाल विद्वत्वृत्तिसमेत पाइसकेकी शेरचन दर्जन बढी संघ संस्थाबाट सम्मानित र पुरस्कृत भइसकेकी छन्।‘प्रथम नेपाली १०१ महिला’ पुस्तकमा समेत उनी समावेश भइन्।जुन पुस्तकमा नेपालमा पहिलोपटक स्थापित फरक क्षेत्रका महान ब्यक्तित्वहरु पर्नुहुन्छ।उनि पहिलो बनपति चित्रकारका रुपमा समावेश भएकी हुन।
त्यससंगै आफुले सिकेको सिपलाई हस्तान्तरण गर्नुपर्छ भन्ने हेतुले निशुल्क चित्रकला तालिम सिकाउने गरेपनि सिकिसकेपछि पलायन हुने गरेको भन्दै गुनासो पोख्नुभयो।अभाव, गरिबी र धनिले मात्रै यो पेशालाई अंगाल्ने भन्दापनि धैर्य र मेहनतमा विश्वास गर्ने मान्छे स्थापित हुने ठोकुवा गर्नुहुन्छ।मेहनतमा आत्माविश्वास र सिर्जनसिलतामा आर्थिक सशक्तता छ भन्ने एक उदाहरणीय पात्र हुन उनि । उनले आफनो कलालाई २ सय देखि १० हजारसम्ममा विक्रि गर्ने गर्छिन।कलाको मर्म बुझेर चिनेजानेको साथीभाईहरु घरमै आएर किनेर लैजान्छन भने विदेशबाट समेत अर्डर गनैबताउछिन।
नयाँ सिर्जनासंग उदाउने उनको प्रत्यक विहानी चित्र बनाउनुसंगै अजकल कृत्रिम शालिग्राम तयार गरेकी छिन।हिन्दु धर्मानुसार शालिग्रामको निकै महत्व भएपनि नयाँ पुस्ता यसबारे अनभिज्ञ छन ,त्यसैले कलाको माध्यमबाट यसको महत्व बुझाउन सकिन्छ कि भनेर प्रयास गरेको बताउनु हुन्छ।
सहज विकास र परिवर्तन गर्नका निम्ती स्थापित तिनै तहको सरकारबाट भने उहाँ खिन्न हुनुहन्छ।केन्द्रिय, प्राद्शिक र स्थानिय तहले कला, साहित्य र सिर्जनालाई बेवास्ता गरेको भन्दै प्रत्यक कलाकारिता घर भित्रमात्रै सिमित रहेको गुनासो गर्नुहुन्छ।देशले महिला राष्टपति पायो,नगरपालिकाले महिला मेयर पायो र वडालेमहिला वडाध्यक्ष पायो तर महिलाहरुको कलासिर्जनाले कहिले महसुस गर्न नपाएको बताउनुहुन्छ।हुनत सिर्जनसिलतामा लिंग हुदैन तर सरकारले यस्ता खालका सिर्जनाहरुको पहिचान गरि उचित वाताबरण मिलाउन सक्यो भने देश परिवर्तन र विकासमा फटको मार्ने निश्चित छ।
प्रतिक्रिया