गायिका अन्जु पन्त विवाह बन्धनमा बाँधिंदै यस्ता छन अन्जुको हुनेवाला श्रीमान (भिडियो)

इनेप्लिज २०७७ माघ १७ गते ११:२२ मा प्रकाशित

नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त चाँडै विवाह बन्धनमा बाँधिँदैछिन्।गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध टुटाएको लामो समयपछि अञ्जुले विवाह गर्न लागेकी हुन्।स्रोतका अनुसार अञ्जुले थीर कोइरालासँग विवाह गर्न लागेका हुन्।सिंगल’ भएपछि विवाहको प्रश्नले घेरिरहेकी लोकप्रिय गायिका अञ्जुले अब त्यसको सामना गर्नुपर्ने छैन।पत्रकारहरुले विवाहको बारेमा प्रश्न गरेर हैरान बनाएपछि पछिल्लो समय छोरीकै दवावका कारण विवाह गर्ने’ बताउँदै आएकी थिइन्।

तर, उनले अहिलेसम्म आफूले विवाह गर्न लागेको कतै खुलाएकी छैनन् । दोस्रो विवाह भएकाले पनि खुलाउन नचाहेको स्रोतको भनाइ छ । अञ्जु निकट स्रोतका अनुसार थिर र अञ्जुले विवाह भव्यरुपमै गर्दैछन्।तर,त्यसअघि उनीहरुले हल्ला गर्न चाहेका छैनन्।विवाहका लागि अञ्जु र थीरको अहिले एक चर्चित बुटिकमा लुगा तयार भइरहेको छ।तर,विवाह कहिले भन्नेचाहिँ कतै बाट खुलेको छैन।गायिका अञ्जुको एक छोरी परितोशिका छिन् परितोशिकाले हालै आफ्नी आमाको एक गीतको भिडियो मा मोडलिङ गरेकी छन्।छोरी परितोशिकाकै करले गर्दा पनि अञ्जु विवाह गर्न बाध्य भएको बताइन्छ।

भिडियो

प्रतिक्रिया