निर्वाचन आयोग गएन प्रचण्ड माधव समुह, दल दर्ता प्रकृया अगाडी बढाउन ओली पक्षको अनुरोध

इनेप्लिज २०७७ माघ १७ गते ४:०२ मा प्रकाशित


नेकपा ओली समूहका नेताहरूले दल दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

आयोगले दल दर्ता र निर्वाचनको तयारीका क्रममा हालसम्म भएका कामबारे छलफल गर्न नेकपाको दुवै समूहलाई बोलाएको थियो।तर प्रचण्ड–माधव समूहका नेताहरुले अध्यक्षद्वय राजनीतिक कार्यक्रमका लागि बाहिर भएकाले माघ १८ गतेपछि मात्र छलफलमा आउन सक्ने लिखित जानकारी दिएको छ।ओली समूहका नेता विष्णु पौडेल,सुवास नेम्वाङ लगायतका नेताहरुले भने आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन्।

सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेकाले निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने नेताहरुले बताए।

हेर्नुहोस माघ १७ गतेका मुख्य समाचारहरु :

प्रतिक्रिया