प्रहरी चौकी छेउमै श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु (भिडियोसहित)

इनेप्लिज २०७७ माघ १६ गते १२:२१ मा प्रकाशित

पथरी।मोरङको कानेपोखरी अस्थाई प्रहरी चौकी नजिकै श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान फरार रहेका छन् ।

मादक पदार्थ सेवन गरेका ३५ बर्षिय बद्रि मरीकले कान्छी श्रीमती ३० वर्षीया मालो ऋषिदेव लाई निर्घात कुटपिट गरे पछि उनको मृत्यु भएको हो।घटना गत सोमबार दिउँसो २ बजे भएपछि माइती पक्षले भोलि पल्ट मात्र थाहा पाएको मृतकका काका कुसुम लाल ऋषिदेवले बताए।उनले मृतक मालो ऋषि देवको शरिरमा निलडाम,मुखभरी फिज भएकाले हत्या गरेको भन्दै प्रहरी सँग छानविनको माग गरेका छन्।श्रीमान बद्रि मरिक भने भोलि पल्ट विहान मात्र भागेको स्थानीयहरुले बताएका छन्।

उनिहरु पहिले देखि नै कानेपोखरी चोकको सार्वजनिक शौचालयमा काम गर्दै आएका थिए।बद्रीकी जेठी श्रीमती लालु मरिक पनि सँगै बस्दै आएकी छन्।उनिहरु शौचालय सँगै जोडिएको झुप्रोमा बस्दै आएका छन्।मृतकका १ छोरा र १ छोरी छन्।प्रहरीले यसको छानविन गर्नुपर्ने आदिवासी जनजाती महासंघ कानेपोखरीका अध्यक्ष भोजविर माझीले बताए।

पूर्वपश्चि राजमार्गको दक्षिणमा सार्वजनिक शौचालय र उत्तरमा अस्थाई प्रहरी चौकी लगभग ४० मिटरको दुरीमा छन्।फरार रहेको श्रीमानको खोजिकार्य भईरहेको अस्थाई प्रहरी चौकीका असई सिताराम थापाले बताए।

https://www.youtube.com/watch?v=vKIyzAuYrBM&feature=emb_logo

प्रतिक्रिया