सरकारलाई राष्ट्रपतिले दिईन् यस्तो सुझाव, आगामी निर्वाचनमा प्रचण्ड माधवको १० सिट पनि नआउने ओलीको दावी

इनेप्लिज २०७७ माघ १५ गते ३:१६ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्‍वमा कोरोना भाइरस (कोभिड-१९) विरूद्धको खोप लगाउन प्रारम्भ भएको डेढ महिना भित्रै नेपालले पनि खोप अभियान सुरू गरेकोमा खुसी व्यक्त गरेकी छन्।

कोभिड-१९ महामारीको रोकथाम,नियन्त्रण र उपचारमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी लगायत उच्च जोखिममा रहेका व्यक्तिलाई प्राथमिकताका आधारमा खोप नि:शुल्क उपलब्ध गराउने नेपाल सरकारको निर्णय सह्रानीय भएको भन्दै राष्ट्रपति भण्डारीले सबै नागरिकलाई चरणबद्धरूपमा खोपको व्यवस्था मिलाउन सरकारसँग आग्रह समेत गरेकी छन्।

नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव समूहको १० सिट पनि नआउने दाबी गरेका छन्।बुधबार आफू निकट आदिवासी जन जाती महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षले १० सिट पनि नजित्ने दाबी गरे।हेर्नुहोस माघ १५ गतेका मुख्य समाचारहरु

प्रतिक्रिया