शनिबार, फागुन १५ २०७७
काठमाडौं १२:५३
वासिङटन डिसी 02:08

टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या

इनेप्लिज २०७७ माघ १५ गते ३:१२ मा प्रकाशित

अमेरिकाको टेनेसी राज्यको एक तालमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या गरि फरार रहेको जानकारी प्रहरीले दिएका छन । प्रहरीले उनको व्यापक खोजी गरि रहेको जनाएका छन् ।

डेविड भोवेल नामका हतियार सहितका व्यक्ति खतरनाक भएको प्रहरिले जनाएका छन् । उक्त बृद्धले पानीहाँसका द्वय शिकारीहरु २६ बर्षिय चान्स ब्लाक तथा २५ बर्षिय जाचेरी ग्रुमलाई गोली हानी हत्या गरि भागेका थिए ।

उक्त २५ र २६ बर्षिय युवाहरु गत सोमबार टेनेसीको उत्तरपश्चिम स्थित रिल्फुट तालमा शिकार गर्न गएका थिए । टेनेसीका जिल्ला अधिवक्ता टोमी थोमसले एबिसी न्युजलाई डेविड उनीहरु नजिक पुगेका थिए भनेका छन ।

भनाभन र बहस भए पछि उनले गोली हानेका थिए । तर अझ सम्म पनि पीडितहरुलाई डेविडले चिन्थे या चिन्दैन थिए भन्ने पत्ता लागि सकेको छैन । उनलाई पक्राउ पुर्जी जारी गरि सकेको छ भने उनलाई प्रथम श्रेणीको हत्याको लागि गिरफ्तारीको लागि प्रहरीले खोजी गरि रहको जनाइएका छन् ।

उनि पैदल त्यहाँबाट भागेका र उनको डुंगा र गाडी समेत जफत गरिएको छ ।

ठूलो आँधीबेहरीको कारण उनको खोजी कार्यमा जटिल बनाएको र ताल वरिपरिको ठुलो घना क्षेत्र भएकोले खोजी गर्न समस्या समेत भएको वकिलले बताए ।

श्रोत :एबिसी न्युज

प्रतिक्रिया