शनिबार, फागुन १५ २०७७
काठमाडौं १३:१८
वासिङटन डिसी 02:33

मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर

इनेप्लिज २०७७ माघ १५ गते २:१८ मा प्रकाशित

डेमोक्रेटिक दलकी मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरणको योजना बनाउने योजनाकार ६ मध्ये कै एक जना दोषी सावित भएका छन् । अपहरणको षड्यन्त्रमा संलग्न भएको भन्ने आरोपमा संघीय सरकारले पक्राउ सहित अभियोग लागेकाले बुधबार उक्त कुरा स्वीकार गरेका छन ।

गत बर्ष गभर्नरलाई अपहरण गर्ने योजना बनाएका थिए । २५ बर्षिय ताइ गार्बिनले आफू दोषी भएको भन्दै संघीय अदालतमा स्वीकार गर्दै लिखित पत्रमा हस्ताक्षर गरेका छन् ।

लिखित पत्र अनुसार गार्बिनले अरु पाँच जना अभियुक्तहरु विरुद्ध अभियोजन पक्षलाई सहयोग गर्नेछन् । ती सबैलाई अपहरणको षडयन्त्रमा दोष लागि सकेको छैन ।

उनले सहयोग गरेमा अभियोजकहरूले उनलाई आजीवन कारागारको सजायबाट अधिकतम भन्दा कम सजाय सिफारिस गर्न सहमत भएका छन् । मुख्य न्यायाधीश रोबर्ट जे जोन्करले बुधबार उनको निवेदन स्वीकार गरेका छन् भने गार्बिनको सजाय जुलाई ८ को लागि तोकिएको छ।

अक्टोबरमा पक्राउ परेपछि अन्य पाँच जना संघीय प्रतिवादीहरू मुद्दाको सुनुवाईमा रहेका छन् । उक्त अभियोगमा भनिएको छ गत बर्षको जुन ६ देखि अक्टोबर ७ बीचमा ती व्यक्तिले “अवैधानिक रूपमा पक्रने ,अपहरण गर्ने,लैजाने र छुटाउन ठूलो रकम लिने ” षडयन्त्र गरेका थिए।

अधिकारीहरूका अनुसार उक्त व्यक्तिहरुले छुट्टि मनाउने घरबाट गभर्नरलाई अपहरण गर्ने योजना गरेका थिए । यसको अतिरिक्त संघीय अदालतमा छ आरोप लगायतका अतिरिक्त आठ अन्य व्यक्तिलाई अक्टोबरमा राज्यले यस मुद्दामा अभियोग लगाएको छ ।

श्रोत :सिएनएन

प्रतिक्रिया