मंगलबार, फागुन २५ २०७७
काठमाडौं १३:०३
वासिङटन डिसी 02:18

अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग

४ सय जना अनुसन्धानको घेरामा

इनेप्लिज २०७७ माघ १४ गते १२:०८ मा प्रकाशित

गत जनवरी ६ बुधबारको दिन अमेरिकी सदनमा भएको दंगा र बिद्रोहमा संलग्न भएका करिव १५० जनालाई न्याय विभागले अभियोग लगाई सकेको जनाएको छ । यसै गरि करिव ४ सय जना भन्द ज्यादा अनुसन्धानको घेरामा परेका छन ।

उक्त दिन जो बाइडेनले प्राप्त गरेको निर्वाचकीय मत(इलेकटोरल भोट)लाई कंग्रेसले अस्विकार गरोस र बाधा पुर्याई भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुन दोश्रो कार्यकालको लागि राष्ट्रपति बनाउने योजनामा ट्रम्पका समर्थकले सदनमा आक्रमण गरेका थिए ।

उक्त भिडले सदनमा तोडफोड गरेको बिद्रोह मार्फत सत्तामा टिकाउने मूल उद्धेश्यले त्यहाँ पुगेका बिद्रोहीहरुलाई एफबिआइले ब्यापक खोज तलास,पक्राउ जारी राखेको समयमा हाल सम्म १५० जनालाई आरोप लगाई सकेको छ ।

वाशिंगटनका एक उच्च अमेरिकी अभियोजक माइकल शेर्विनले मंगलबार एक पत्रकार सम्मेलनमा अनुसन्धानकर्ताहरूले व्यापक, अतुलनीय अनुसन्धानमा जानकारी संकलन गर्न ५ सय जनाको भव्य निर्णायक समिति (जुरी ) समन (न्यायालयमा उपस्थिति आदेश )र खोजी वारन्ट(अधिपत्र) प्रयोग गरेको बताए ।

उनले यसरी आक्रमणमा संलग्न बिद्रोहीहरुको महाजाल व्यापक फैलिएको र उनीहरुलाई फ्लोरिडा,क्यालिफोर्निया ,न्यु ह्याम्शायर र हवाईबाट पक्राउ समेत गरिएको जनाएका छन् ।

यसै गरि विमानस्थलमा कार्यरत प्रहरी अधिकारीलाई समेत उक्त दंगामा ट्रम्प २०२० भन्दै चिच्याएको भेतियेकोमा उनलाई समेत आरोप लगाईएको छ । प्रक्राउ र अभियोग लागिएका मध्येले सदन भित्र अनुमति बिना प्रवेश गरेको समेत आरोप लगाईयो छ ।

श्रोत :सिएनएन,तस्बिर : एपी 

प्रतिक्रिया