अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
इनेप्लिज
२०७७ माघ १४ गते ११:३२ मा प्रकाशित
अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ४२ हजार ५ सय ११ पुगेको छ । यसै गरि मृत्यु हुनेको संख्या ३ हजार ९ सय ९० पुगेको छ । उक्त आँकडा गत मंगलबार जनवरी २६ को दिन जोन्स हप्किन्स बिश्वबिद्यालयले निकालेको हो ।
हाल सम्म अमेरिकामा ४ करोड ४३ लाख ९४ हजार ७५ खोप वितरण भै सकेको छ भने कम्तिमा २ करोड ३५ हजार ४० हजार ९ सय ९४ जनाले खोप लगाई सकेको जानकारी सिडीसीले दिएको छ ।
यसै गरि मृत्यु दरमा पनि त्यति ठूलो रुपमा घटेको छैन भने ४५ वटा राज्यहरुमा नयाँ कोभिड-१९ संक्रमितको संख्यामा कमि आएको छ ।
अमेरिकामा हाल सम्म २ करोड ५८ लाख ४३ हजार २ सय १ जना संक्रमित भएका छन भने ४ लाख ३१ हजार १ सय २२ जनाको मृत्यु भै सकेको छ ।
हाल सम्म अमेरिकामा ९२ लाख ५८ हजार ५ सय ४० जना निको भै सकेका छन् ।
श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन/अन्य
न्युयोर्क सिटी काउंसिल डीस्ट्रिक्ट २५, ई चेन को सघाउन नेपाली समुदायको तर्फबाट दिपेन्द्र लामा
अमेरिका-मेक्सिको सीमामा ३ हजार २ सय आप्रवासी बालबालिका हिरासतमा अड्किए
मिजोरीको सेन्ट लुइसमा भएको गोलीकाण्डमा ९ बर्षिय बालकको मृत्यु
पूर्ण खोप लगाएका व्यक्तिहरू मुखावरण बिना र सामाजिक दूरी बिना नै भेटघाट गर्न सकिने : सिडिसी
न्युयोर्कको माछा बजारमा किशोरी मृत अवस्थामा प्लास्टिकको पोकामा बेरिएको फेला
प्रतिक्रिया